यश कुमार परियार–भदौ ९,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेका डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा, पनौती, धुलिखेल, भुम्लु र मण्डनदेउपुरका रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा बनेपाका ६ जना, पनौतीका ६ जना, धुलिखेल अस्पतालका ३ जना र मण्डनदेउपुर घर भई भुम्लु गाउँपालिकामा कार्यरत १ जना र मण्डनदेउपुर नगरपालिकाका १ जना रहेका छन् ।

उनिहरु स्वास्थ्यकर्मीका् सम्पर्कमा रहेको डा. झाले जानकारी दिएका छन् ।

यो सँगै काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६२ जना पुगेको छ । ६३ जना उपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box