फाईल फोटो

रोशी सहकर्मी–भदौ ९,
२०७७,सिन्धुली/

जिल्लाको नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नम्बर २ (क) ले सुनकोशी गाउँपालिकाले नदि किनाराको सामग्री उत्खनन प्रक्रियामा मिलेमतोमा ठेग्गा बितरण गरेको भन्दै सिन्धुली वासीलाई ध्यानाकर्षण गराएको छ । मंगलबार क्षेत्रीय कार्यसमिति सभापती बोधबिक्रम थापाले एक विज्ञप्ति जारी गर्दै सुनकोसी नदि किनाराका ढुंगा, गिट्टि, बालुवा सामाग्री उत्खनन सम्बन्धी प्रक्रियामा गाउँपालिकाले मिलेमतोमा ठेक्का वितरण गरेको भन्दै सो कार्यको भत्र्सना गरेका छन् ।

बिज्ञप्तिमा ‘अघिल्लो आर्थिक बर्षहरुमा ६ करोड ९६ लाख सम्ममा ठेग्गा लागेकोमा यस आर्थिक बर्ष ०७७/०७८ को लागि ३ करोड २० लाखमा लिन खोज्ने कम्पनीलाई दर्ता नै गर्न नदिइ गाउँपालिकाले मिलेमतोमा १ करोड २० लाखमा ठेग्गाको जिम्मा अर्को कम्पनीलाई लगाएर सिङ्गो गाउँपालिकालाई ठूलो बित्तीय खाडलमा पारेको’ उल्लेख गरिएको छ । गाउँपालिकाबाट बिनियोजित बजेटमा आफ्ना कार्यकर्ता लाई मात्रै उपभोक्ता समितिमा राखी भएको काम भन्दा बढिको बिल पास गराइ ठूलो आर्थिक अनियमितता गरेको बिज्ञप्तिमा लेखिएको छ । यस्तै गाउँपालिका भित्रका सुनकोशी नदि किनाराका ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न गर्नुपर्ने प्रारम्भिक वाताबरणिय परिक्षण (आ.इ.इ) समेत नगरी ४ बर्ष अघिको प्रतिबेदनको आधारमा नदि उत्खनन गरेर बाताबरणिय प्रदुषण फैलाएको कांग्रेसको आरोप छ ।

सभापती थापाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सुनकोशी गाउँपालिका वडा नम्बर ३ स्थित गणेशथान बजार क्षेत्रमा हिरा जर्गामगर, गणेश जर्गामगर, शोभा जर्गा मगरमाथी ठेगेदार राम बोगटी सहितका केही ब्यक्तीले घरमै जबर्जस्ति प्रवेश गरि कुटपिट गरेको र उक्त समुदायमै त्रास फैलाएको प्रती आपत्ति जनाईएको छ । नदिजन्य सामाग्री उत्खनन सम्बन्धी ठेग्गा प्रक्रियाको बिषयमा पुनर्बिचार गर्न र सो क्षेत्रमा भएको कुटपिटजन्य घटनाको घोर भत्र्सना गरिएको छ ।

Facebook Comments