यश कुमार परियार–भदौ १०,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिका वडा नं ११ का ३५ जनाको स्वाव संकलन गरिएको छ । गत शनिबार वडा नं ११ सावीकको वडा नं ८ स्यामपाटी डाँडाकटेरीका एक पुरुषमा कोरोना पुष्टि भए पस्चात उक्त स्थान सिल गरिएको थियो । आज स्वास्थ्यकर्मीहरुले उक्त स्थानका ३५ जनाको स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाएको नगरपालिकाले जनाएको छ ।

संकलित स्वावको रिपोर्ट ७२ घण्टा अर्थात ३ दिन पछि आउने छ । गत शनिबार सोहि वडा निवासी धुलिखेल अस्पतालको चमोना गृहमा कार्यरत एक कर्मचारी गाउँ आएका थिए । शुक्रबार आएका उनि शनिबार बेलुका कोरोना पुष्टि भएपछि अस्पताल लगिएको थियो । लगतै उक्त स्थानको २ किलोमिटर वरपरका १ सय १० घर सिल गरिएको थियो । हाल उनि धुलिखेल अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

Facebook Comments