रोशी सहकर्मी–भदौ ११,
२०७७,काभ्रे/

काभ्रे जिल्लाका एक जना पत्रकारमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार संक्रमित ४३ बर्षिय पुरुष छन् ।
उनि हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुगेका थिए ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि उनले कोरोना परिक्षण गराए । परीक्षण हुँदा उनमा कोरोना पोजेटिभ देखाएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

४३ बर्षिय संक्रमित पत्रकार होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Facebook Comments