यश कुमार परियार–भदौ १३,
२०७७,काभ्रे/

काभ्रेको नमोबुद्ध नगरपालिकाको एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको अनुसार संक्रमित २८ वर्षिय पुरुष रहेका छन् । उनको ११ गते स्वाव दिएको रीपोर्ट १२ गते हिँजो आएको हो ।

नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेवेशीको पुरानौ चौकी नजिकै कोठा भाडामा लिएर बसेका ति पुरुष स्वाव दिएर आएपछि घर भित्रै बसेका थिए ।
ति पुरुषमा कोरोना पुष्टि भएपछी उनि बस्दै आएका १ सय मिटर वरपर सिल गरिएको छ ।

वडा नं ७ को पुरानो प्रहरी चौकी भएको स्थानबाट ३ घरमाथीको पछाडिको नयाँ घर वरपर सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मेथिनकोट अस्पतालको आईसोलेसनमा राखिएको छ ।

यसैबिच अहिले संक्रमितको सम्पर्कमा आए व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने, नगरपालिकाको कार्यलय बन्द गर्ने लगायत विविध विषयमा नगर विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।

Facebook Comments