रोशी सहकर्मी–भदौ १३,
२०७७,रामेछाप/

रामेछापका ६७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ६७ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले कोरोना संक्रमण पुष्टि भएका ३७ जना मध्ये ३३ जना कोरोनामुक्त भएका छन् ।

अहिले बिहीबार कोरोना संक्रमण पुष्टि भएका रामेछाप नगरपालिकाका वडा नं ५ रामपुरका एक जना स्वास्थ्यकर्मी सहित चार जनाको आइसोलेशनमा उपचार भैरहेको छ । उहाँका अनुसार हालसम्म जिल्लामा हालसम्म १ हजार ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार स्वाब संकलन गरिएका मन्थली नगरपालिकाका १० जना र गोकुलगंगा गाउँपालिकाका ९ सहित ६७ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १२ जना पुरुष क्वारेन्टिनमा रहेका छन् ।

कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ७ जना र २३ जना पुरुष गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box