रोशी सहकर्मी–भदौ १४,
२०७७,रामेछाप/

रामेछापका ८६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ८६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले कोरोना संक्रमण पुष्टि भएका ३७ जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको जानकारी दिनुभयो ।

अहिले रामेछाप नगरपालिकाका वडा नं ५ रामपुरका एक जना स्वास्थ्यकर्मी सहित चार जनाको आइसोलेशनमा उपचार भैरहेको छ । उहाँका अनुसार हालसम्म जिल्लामा १ हजार ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार स्वाब संकलन गरिएका ८६ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १२ जना पुरुष क्वारेन्टिनमा रहेका छन् ।

Facebook Comments Box