रोशी सहकर्मी–भदौ १५,
२०७७, सिन्धुपाल्चोक /

कोरोना सङक्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि १७ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन थप गर्ने निर्णय गरिएको थियो ।त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

कोरोनाको कारण हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने ९९ जना सङ्क्रमित पुगेका छन् ।कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।

Facebook Comments Box