रोशी सहकर्मी–भदौ १५,
२०७७,सिन्धुली/

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमणपुष्टि भएको छ । १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख,प्रहरी उपरिक्षक रञ्जु सिग्देलले प्रदेश नम्बर २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा सङ्क्रमणदेखिएको जानकारी दिनुभयो ।सङ्क्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको र अन्य प्रहरीहरुसँग पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई प्रहरी कार्यालय भित्रकै आइसोलेसनमा सुरक्षित राखिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितहरुलाई दुई हप्तादेखि नै प्रहरी कार्यालय भित्रको क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबिच, पहिलो पटक कोरोना संक्रमण देखिएर आईशोलेसनमा रहेका तीनजनामा पुनः कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । ९ वर्षिया बालक, ३३ वर्षिया पुरुष र ५६ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो । पुनः कोरोना पोजिटिभ देखिएका सहित १० जनानै कमलामाई नगरपालिकामा बस्दै आएका थिए । हाल आईशोलेसनमा रहेका केहि संक्रमितमा ज्वरो आउने, टाउको दुख्ने, डाइरिया हुने लक्षण देखिएको थियो । तर, अन्य संक्रमितमा भने कुनै पनि लक्षण देखिएको छैन ।

Facebook Comments