यश कुमार परियार–भदौ १६,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नं ९ को एक जना महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा उपचार गराउन गएकी ४५ वर्षिय महिलाको पिसिआर परिक्षण गर्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले जानकारी दिए ।

संक्रमित महिलाको हाल सोहि अस्पतालको आईसोलेसन कक्षमा उपचार भईरहेको गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिकाले संक्रमित महिलाको भ्रमण स्थलहरु समेत कन्ट्याक ट्रेसिङ गरी सो क्षेत्रका व्यक्तिहरुको स्वाव संकन गरी परिक्षणको प्रतिवेदन नआए सम्म उक्त क्षेत्रहरु पुर्ण रुपमा बन्देज गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वि.पि. राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ८ स्याउले बजार देखि नार्के बजार हुँदै वडा नं ९ पिन्थली वेशी सम्म, विपि राजमार्गको दायाँ वायाँ वजार क्षेत्र आसपासमा रहेको स्वास्थ्य सँग सम्बन्धित सेवा बाहेक सम्पुर्ण सेवा तथा व्यवसायहरु (कृषक मार्फत प्राप्त हुने दुध तथा तरकारी संकलन कार्य, निर्माण सम्बन्धि कार्य, खाद्यान्न, होटल, रेष्टुरा तथा अन्य सेवाहरु आजकै मितिबाट अर्को सुचना जारी नभए सम्म पुर्ण रुपमा बन्द गरीने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लामाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य सुरु भएको बताएका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले होम क्वारेन्टाईनमा बसी परिक्षणमा सहयोग गरीदिन पनि आग्रह गरेका छन् । लामाले यो महामारीको समयमा गलत हल्लाको पछि लागेर त्रसीत नभई संयम भएर यसको रोकथाममा लागि पर्न सबैमा अनुरोध गरेका छन् ।

Facebook Comments Box