यश कुमार परियार–भदौ १६,
२०७७,काभ्रे/

काभ्रेमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ अवेर आएको रिपोर्टमा भुम्लु गाउँपालिकाका २ जना पुरुष र २ जना महिला, धुलिखेल अस्पतालका १ जना पुरुष, स्पाइनल इन्जुरी अस्पतालका २ जना पुरुष र २ जना महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको थियो । आज (मंगलवार) भने रोशी गाउँपालिका ९ की एक जना महिलामा कोरोना संक्रमण देखिएका छ ।

जिल्लामा हाल कोरोना संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ । कोरोना संक्रमित मध्ये १ सय ८ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

संक्रमित मध्ये १ सय १७ जना विभिन्न अस्पताल, नगरपालिकाले स्थापना गरेको आइसोलेसन तथा केहि व्यक्तिहरु होम आइसोलेसनमा उपचार गाराईरहेका छन् ।

जिल्ला कमाण्ड पोष्टका अनुसार हाल जिल्लाको बिभिन्न क्वारेन्टाईनमा ७८ जना बसिरहेका छन् ।

यसैबिच, जिल्लाका बिभिन्न स्थानमा मास्क नलगाई हिड्ने ४९ जनालाई प्रहरीले सम्झाई बुझाई गरी पठाईएको छ ।

Facebook Comments