This image shows Ramechhap district in Nepal. Image: Google Maps

रोशी सहकर्मी–भदौ १६,
२०७७,रामेछाप/

रामेछाप स्थायी घर भइ काठमाडौमा बसोबास गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रामेछापका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ । रामेछाप जिल्लाका हालसम्म ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाभित्र स्वाब संकलन गराएका ३७ जना र विभिन्न जिल्लामा स्वाब संकलन गराएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज दुई जना थपिएसँगै जिल्लाका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

Facebook Comments Box