यश कुमार परियार–भदौ १६,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ ।

शिक्षा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले एक सुचना जारी गर्दै स्थायी, अस्थायी, करार र ज्यालादारी पदमा कार्यरत राज्य कोषबात तलब भत्ता/पारिश्रमिक लिने शिक्षक तथा कर्मचारीको निशुल्क कोरोना विमा गर्न लागिएको जानकारी दिए ।

ईच्छुक विद्यालयहरुले विद्युतीय माध्यमको प्रयोग गरी १७ गते सम्म विद्यालयको लेटर प्याडमा तोकिएको विवरण पठाउन पनि सुचनामा उल्लेख गरिएको छ ।

Facebook Comments