रोशी सहकर्मी–भदौ १७,
२०७७,काभ्रे/

जिल्लाका विभिन्न स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्रका शिक्षक तथा कर्मचारीको कोरोना विमा गरिरहँदा काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि नगरका सबै शिक्षक तथा कर्मचारीको निःशुल्क कोरोना बिमा गर्ने भएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै नगर भित्रका सबै सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारीको निःशुल्क कोरोना बिमा गर्न लागेको जनाएको छ । नगरमा कार्यारत स्थायी, अस्थायी तथा करारका शिक्षक तथा कर्मचारीहरुको कोरोना बिमा गरिने सुचनामा उल्लेख छ ।

विमाका निमित्त आवश्यक विवरण नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

Facebook Comments Box