यश कुमार परियार–भदौ १८,
२०७७,काभ्रे/

आज बिहान नमोबुद्ध नगरपालिका वडा नं ८ डराउने पोखरीमा जेठाजु सुदर्शन अधिकारीले बुहारी रञ्जना तिमल्सिना अधिकारीको घाँटिमा बन्चरोले प्रहार गरी हत्या गरेपछि मृतकका छोराले आमा मार्ने अपराधीलाई फाँसी दिन माग गरेका छन् । मृतकका छोरो ११ वर्षीय कुशल अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आमा हत्याका बारेमा आक्रोशपूर्ण स्टाटस लेख्दै आमालाई मार्ने ब्यक्तिलाई फासी दिएर मार्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले–‘मेरो ममिलाई जसले मारेको हो त्यसले फासी पाओस । मेरो बाबा र ठुलो बाबाले रक्सि खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले बाबाले पिट्न आउँदा पिट्न दिन्नथें । म मामाघरमा हुँदा मेरो ममिलाई मारे । मलाई र ममिलाई रिस उठायौ भने काटेर हिड्छु भन्नु भाको थियो बाबा र ठुलोबाबाले ।’

तिजमा रञ्जना माईत जाँदा छोरो लाई उतै छोडेर आएकी थिईन् । ‘लकडाउन अन्त्य भएपछि लिन आउँछु भन्नु भएको थियो मम्मीले’ मामाघरबाट उनले यस्तो बताए ।

हत्या आरोपीत जेठाजु सुदर्शन अधिकारीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार:

दाप्चामा बिहानै जेठाजुले बुहारीलाई बन्चरो प्रहार गरी हत्या

Facebook Comments