रोशी सहकर्मी–भदौ १८,
२०७७,जनकपुरधाम/

धनुषामा एक किशोरीमाथि बलात्कार गरेको आशंकामा ३ जनालाइ प्रहरीले प्रक्राउ गरेको छ । पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिनुभयो ।

गत सोमबार बाख्रा चराउन गएकी गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी माथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

Facebook Comments