रोशी सहकर्मी–कार्तिक २५
काभ्रे/

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लब’नेतृत्वको प्रतिबन्धित नेकपाकी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ । थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने ।
प्रहरी हिरासतमा रहेकी थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । बत्तीस वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । गत असोज अन्तिम साता मात्रै विप्लब माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरेको हो ।

Facebook Comments