रोशी सहकर्मी–भदौ २१,
२०७७,काभ्रे/

बालिका अपहरणको आरोप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी–शनिश्चरे नगरपालिका–८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार काभ्रे जिल्लाको साँगा नाकामा चेकजाँचको क्रममा १७ गते बालिकालाई उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी(शनिश्चरे( ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका–६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन् । आचार्य को २ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन् । प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो ।

Facebook Comments