भदौ २३,
२०७७,रामेछाप/

जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
शरीर बन्धक आरोप,ठगी र जबरजस्ती करणी मुद्दाको अनुसन्धानका लागि प्रहरीले खड्कालाई पक्राउ गरी २५ दिनदेखि हिरासतमा राखेको छ ।
खड्कासँगै रहेका अन्य एक थुनुवालाई समेत कोरोना देखिएको छ । दुवैलाई सोमबार थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको र मंगलबार बिहान १० बजेबाट उनीहरुसँग बयान लिइरेहको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई यसअघि कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको नजिक सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । त्यस मध्ये ६ जनामा कोरोना देखिएको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा कोरोना संक्रमण हुनेमा ट्राफिकसहित ३ जना प्रहरी कर्मचारी र १ जना प्रहरीको परिवारका सदस्य रहेका छन् । कान्तिपुरबाट

Facebook Comments