रोशी सहकर्मी–भदौ २३
२०७७,धुलिखेल/

काभ्रे जिल्लाका आज (मंगलबार) थपिएका १० जना कोरोना सङक्रमित मध्ये आठ जना सुरक्षाकर्मी रहेका छन । साँगामा सुरक्षार्थ खटिएका आठ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

उनका अनुसार आज थपिएका १० सँगै जिल्लामा संक्रमितको संख्या ३३४ पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित जिल्लामा ४० सुरक्षाकर्मीमा संक्रमण पुष्टि भइसकेको छ ।

जिल्लामा आज सम्म १५९ जना निको भएर घर फर्किएका छन भने १५८ जना उपचाररत रहेका छन जसमा २७ जना होम आइसोलेसन र १३१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन ।

Facebook Comments Box