रोशी सहकर्मी–कार्तिक २६
धुलिखेल/

काभ्रेको नमोबुद्ध स्थित बेला डाँडामा बस दुर्घटना हुँदा घाईते भएका एक जनाको मृत्यु भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका वडा नं ६ चरङ्गेफेदीका राम कृष्ण कार्किको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते २ जनालाई नर्भिक अस्पताल रेफर गरिएको र अन्य २२ जनाको धुलिखेलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक जयराज सापकोटा जानकारी दिए ।
बनेपाबाट नेपालथोकको लागि छुटेको बा ४ ख ३३१९ नम्बरको यात्रुबाहक बस हिँजो दिउँसो करिब ४ बजे नमोबुद्ध नगरपालिका स्थित बेलामा दुर्घटना भएको थियो । घाईतेहरुको उपचारका लागी तत्काल धुलिखेल अस्पताल लगएिको थियो । नमोबुद्ध नगरपालिका वडा नं २ र पाँचखाल नगरपालिका वडा नम्बर १० को सिमाना बेलामा दुर्घटना हुँदा ८ गम्भिर सहित २५ जना घाईते भएका थिए ।
घाईते हुनेमा तेमाल, भिमखोरी, दाप्चा, खनालथोक, मंगलटार, भकुण्डे, सिन्धुलि आदिका रहेका छन् । बस सडकबाट करिब १५० मिटर तल खसेको भकुण्डेबेशी प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको सापकोटाले बताएका छन् ।

Facebook Comments Box