रोशी सहकर्मी–भदौ २४,
२०७७,रामेछाप/

रामेछाप जिल्लामा थप २७ जनाको स्वाव संकलन गरिएको छ । बुधबार स्वाब संकलन गरिएका उमाकुण्ड गाउँपालिकाका ३७ जना सहित ९६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । बुधबार स्वाब संकलन गरिएका उमाकुण्ड गाउँपालिकाका ३७ जना सहित ९६ जनाको रिपोर्ट आउन बाँकि छ ।

उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा ५ जना ,मन्थली नगरपालिकामा ७ जना र रामेछाप नगरपालिमा ४ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र २७ जना पुरुष गरि ३४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ११ जना र ३९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ५० जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको बताउनुभयो ।

Facebook Comments