रोशी सहकर्मी–भदौ २५,
२०७७,रामेछाप/

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछाप जिल्ला स्थायी घर भइ हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार रामेछापको खाँडादेवी गाउपालिका– ३ का २६ र ३८ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यो संगै रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments