रोशी सहकर्मी–भदौ २७,
२०७७,धुलिखेल/

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मानिस अपहरण तथा शरिर बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौडेलले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १९ बर्षीय आकाश परियार उनकै श्रीमती २१ बर्षीया सविना तामाङ परियार र बेथानचोक गाउँपालिका वडा न ४ चलाल घर भई धुलिखेल नगरपालिका वडा न ४ मा कोठा लिएर बस्ने २१ बर्षीय उमा परियारलाई पक्राउ गरि मुद्धा चलाइएको जानकारी दिनुभयो ।

उनीहरुले भदौ २४ गते राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षीय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने उनीहरुले अपहण गरी बन्धक बनाई फिरौती रकम माग गरेका थिए । अपहरण गरेको र फिरौती रकम मागेको सूचनाका आधारमा प्रहरी पुगेपछि दुनुवारलाई छाडेर उनीहरु फरार भएका थिए । प्रहरी बुधबार राती ११ बजे दनुवारलाई सहकुशाल उद्धार गरेको भएपनि अपहरणमा सग्लनलाई भने बिहीबार र शुक्रबार धुलिखेल नगरपालिका २८ किलोबाट पक्राउ गर्न सफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारबिक्रम थापाले पक्राउ परेकालाई शुक्रबार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काभ्रेमा मुद्धा चलाइएको जानकारी दिनुभयो ।

Facebook Comments