रोशी सहकर्मी–कार्तिक २६,
जनागाल/

बनेपा नगरपालिका वडा नं. १० जनागालस्थित अरनिको राजमार्गमा आज विहान टिपर र बोलेरोले मोटरसाईकल च्यापिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार बा ३ ख ७०८७ नम्बरको टिपर र बा १० च २१५४ नम्बरको बोलेरोले च्यापिदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिनुभयो । मोटर साईकलको पछाडी सवार रहेका भक्तपुर नगरपालिका ९ च्यामासिंहस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० बर्षीय विमल कुटुजुको मुत्यू भएको एसपी सापकोटाले जानकारी दिनुभयो ।
सो घटनामा परि सोही कलेजमा अध्ययनरत मोटरसाईकल चालक भक्तपुर सुडाल ८ का कृष्ण दाहाल गम्भिर घाईते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुर ठिमि अस्पतालमा रिफर गरिएको एसपी सापकोटाले जानकारी दिनुभयो । घटनाको बारेमा छानविन भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box