रोशी सहकर्मी–भदौ २७,
२०७७,दोलखा/

दोलखाको गौरीशंकर गाउँपालिका स्थित हिमाल हाइड्रोपावरमा कार्यरत एक कामदारको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीस्थित गुरुम्फीको हिमाल हाइड्रोपावरमा कार्यरत ३१ वर्षिय महेश केसीको मृत्यु भएको हो ।

काभ्रेपलाञ्चोकस्थित पनौती नगरपालिका वडा नम्बर ६ घर भएका केसीको हिजो साँझ करिब ६ बजे काम गर्ने क्रममा क्रेनको डोरी चुडिन गई क्रेनको डब्बाले लागेर घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

उनको क्रेनको डब्बाले लागेर टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । मृतक केसीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments