महेन्द्र थिङ–भदौ २७,
२०७७,सिन्धुली/

बोधविक्रम थापा, क्षेत्रीय सभापति
नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं २

० बोध विक्रम जी तपाईले केहि समय अगाडि विज्ञप्त्ति निकालेर सुनकोशी गाउँपालिका टेण्डर प्रक्रियाको विरोध गर्नुभयो, विरोध गर्नुभएपछि त्यो विरोध पछि ट¥यो या टा¥यो ?

हामीले यसलाई राजनितिक कोणबाट मात्रै हेर्नु हुँदैन । सामाजिक रुपमा गरेका काम कार्यहरुलाई सकारात्मक रुपमा हेरिनै राख्यौं । खासै विरोध रुपमा हामीले त्यस्तो केहि गरेकै थियनौं । तर यो चाहिँ अति नै भएपछि जनस्तरबाटै आवाज आईसकेपछि तपाईको गाउँपालिकालाई आर्थिक खाडलमा हाल्ने काम भएकोले बाध्य भएर हामीले विरोध गर्नुपरेको हो । हामीले विरोधका लागि विरोध गरेका चाहिँ होइन ।

० त्यसो यहाँहरुले स्थानीय सरकारलाई झकझकाएर अलि राम्रो काम गर है भनेर सल्लाह सुझाव मात्र दिएको हो त्यसो भए ?

यो तपाईले गत ३ वर्ष देखि स्थानीइ सरकारले राजनितिक दल सँग समन्वय गर्नुपर्छ भनेर वहाँहरुलाई हेक्का नभएको हो कि वा उहाँहरुलाई अलि मपाई प्रवित्ति चढेको हो कि थाहा भएन, हामीसँग त्यस्तो सल्लाह केहि लिनुहुँदैन थियो । यो वर्ष चाहिँ उहाँहरुले राजनितिक दलहरुलाई पनि बोलाएर सर्वदलिय मितिङ राख्न सुरु गर्नुभएको छ । ति मिटिङ हरु २– ३ ओटामा म पनि सहभागी भएर उहाँहरुलाई आवश्यक सल्लाह सुझाव दिएकै छौं । त्यस्तै कोरोनाको विषयमा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर पनि सल्लाह दिएका थियौं । गएको यो २०७७–०७८ को योजना तर्जुमाको विषयहरुमा पनि काँग्रेसको यसमा कुराहरु के छ भनेर सल्लाह माग्नु हुँदा पनि हामीले लिखित रुपमा यो यो गर्नुपर्छ नितिगत रुपमा भनेर हामीले दिएकै थियौं । अब यो अहिलेको विज्ञप्ति भनेको चाहिँ ठेक्कापट्टामा चाहिँ नियतवश गाउँपालिकालाई चाहिँ आर्थिक खाडलमा हाल्ने काम भयो जस्तो कि विज्ञप्तिमा पनि तपाईले बुझ्नु भएको छ कि झण्डै ६ करोड छयानब्बे लाखमा लागेको ठेक्का अहिले आएर १ करोड २० लाखमा चाहिँ मिलेमतोमा ठेक्का गर्नु, बडाबडमा पनि नजानु जस्ता धेरै कुराहरु देखिन्छ, त्यसैले यो सानो कुरा पनि होइन । समग्र गाउँपालिकाको अहितमै छ भन्ने कुरा भइसके पछि हामीले यो विज्ञप्ति निकाल्यौं । यो काँग्रेसको मात्र कुरा होइन, हामीले विज्ञप्ति निकालेको २ दिनपछि नेकपाले पनि हाम्रो विज्ञप्ति सँग मिल्ने गरी स्थानीय सुनकोसी गाउँ कमिटिले पनि विज्ञप्ति निकाल्यो ।

० तपाई पनि एक जना अधिवक्ता हुनुहुन्छ, त्यहि भएर त्यसमा कानुनी रुपमा कहाँनेर गल्ती कमजोरी र गल्ती भयो अर्थात् गाउँपालिकाले कानुनीरुपमा पक्कै पनि कमजोरी गरेकै हुनुपर्छ त्यसो हो भने यहाँहरु कानुनी प्रक्रियामा चाहिँ किन जानु भएन त ?

या संसारमा भ्रष्टाचार भनेको कुरा चाहिँ कानुन मिचेर भन्दा पनि पनि कानुन अनुसार कागजपत्र मिलाएर गरिने कुरा हो ,हामीले यसरी बुझ्नुपर्छ । अव यहाँ कागज मिलाइएको छ गाउँपालिकामा पनि, १ महिना अगाडि टेण्डरको नोटिस गरिएको छ । त्यसपछि २२ ओटा कम्पनीले टेण्डरको बोलपत्र खरिद गरिएको छ । २२ ओटा कम्पनीहरुले टेण्डर दर्ता गरिसकेपछि अरु कम्पनीहरुलाई दर्ता गर्न दिइएको छैन । हामीसँग गुनासोहरु लिएर आएका छन् साथीहरु । ३ ओटा कम्पनीलाई मात्र न्युनतम मुल्यमा मिल्ने गरी गरिएको हुँदा यसले के देखिन्छ भन्दा, तपाईको अहिले त ई–विडिङ गर्ने सिष्टम छ तर ई–विडिङ किन गरिएन ? नियम त्यहिँबाट शुरु हुन्छ । ई–विडिङ गर्न दिएको भए सबैले जहाँबाट भएपनि टेण्डर हाल्न पाइन्थ्यो र समस्या नै हुँदैनथ्यो । अर्को कुरा खेलआम २५ लाख रुपियाँ गाउँपालिका अगाडि चौतारीमा ठेक्का मिलाउने कुरामा बाँडिएको कुरा आएको जानकारीमा आएको छ , त्यहाँ टेण्डरको बोलपत्र खरिद गर्नेहरुलाई, टेण्डरको फाराम खरिद गर्ने हरुलाई र त्यस्मा सहयोगी केटाहरुलाई भनेर २५ लाख बाँडिएको भनेर सुनिएको छ । बाहिर आएको कुरा यो हो तर त्यहाँ जनप्रतिधिहरुको भाग कति हो ?, कर्मचारीको भाग कति हो ? यो कुरा चाहिँ बाहिर आएको छैन, । त्यसले गर्दा हाम्रो बुझाई के हो भने यो भ्रष्टाचार भनेको कुरा कानुन बमोजिमनै कागज मिलाएर गरिनेको चिज हो, यसको नियत हेर्न सकिन्छ तपाईको करिब ७ करोडको ठेक्का, तर अहिले कोरोनाका समस्या छ भनेर तपाइको अरु व्यापारमा घाटा होला तर सरकारले विकास निर्माणका कार्यहरुलाई निर्वाद रुपमा गर्न दिएकै छ ।

त्यसैले यो बालुवा, ढुंगा गिट्टीमा त घाटा लाग्ने भन्ने त देखिँदैन, होला ल घाटा लाग्ने नै कुरा भएपनि १०–२० लाखको होला तर यहाँ ६ करोड ९६ लाखमा बाट १ करोड २० लाखमा झार्नु भनेको त यसमा कति ठुलो अन्तराल छ त्यहाँ निर हेरौं न । यो परारको वर्ष यो ६ करोड ९६ लाखमा ठेक्का लागेको छ तर गत वर्ष चाहिँ पहिलको ठेकेदारले घाटाक भयो के भयो भनेर गाउँपालिकालाई तिर्नुपर्ने पैसा नतिरेपछि उसैले उल्टो उच्च अदालतमा मुद्धा गरेर पोहोेरको चाहिँ टेण्डरमा गएन, टेण्डरमा नगएपछि गाउँपालिका आफैले ४ महिनाको लागि टेण्डर ग¥यो, ४ महिनाको लागि प्रक्रिया पु¥याउँदा, यताउता गर्दा यसमा टेण्डरमा जान कोहि पनि इच्छुक भएनन् । त्यसैले गाउँपालिका आफैले पैसा उठाउँदा पनि १ करोड १० लाख पैसा ४ महिनामा उठेको भन्ने हामीलाई जानकारी छ । भनेपछि यो वर्ष अरु वर्षहरु भन्दा पनि घट्नुपर्ने कारण चाहिँ के हो ? हाम्रो मुख्य चासो यहाँनेर हो र अर्को कुरा ई–विडिङ किन गरिएन ? र यसमा राजनितिक कुरा छँदैछ, यो काँग्रेसको मात्र कुरा भएन, हामीले ९ गते विज्ञप्ति निकाल्यो ,११ गते नेकपा सुनकोशी गाउँकमिटिले चाहिँ यसमा अनियमितता छ त्यसैले पुन टेण्डर प्रक्रियामा जानु पर्छ भनेर उसले पनि माग राख्यो । भनेपछि यसमा त नितिगत भ्रष्टचार छ, कानुनी रुपमा हेर्दा त कागजहरु त मिलाकै देखिन्छ तर नितिगत भ्रष्टाचार त यहाँनेर देखिन्छ त ।

० तपाईलाई कतै भागबण्डामा नपरेर तपाईहरुले यसरी विरोध गर्नुभएको हो कि भनेर मैले भने अन्य व्यक्तिहरुले पनि कुरा गर्लान् ,मैले यो सोध्दा खेरी तपाई के भन्नु हुन्छ ?

यस्तो छ, त्यो तपाईले उठाउनुभएको प्रश्न स्वभाविक देखिएला तर नेपाली काँग्रेसले कुनै पनि केसमा सुनकोशी गाउँपालिकामा आएर तपाईले जुनसुकै पक्षबाट पनि सोध्न सक्नुहुन्छ, आजको दिनमा मात्र होइन कुनै पनि दिनमा २ रुपैयाँको मात्र कहिँबाट कमिशन, आर्थिक अनियमितताको विषयमा कतै मात्र पनि संलग्न देखिन्छ भने हजुरले गरेको प्रश्न जायज हुन सक्छ । हाम्रो कुरा हामीले पाएनौं भन्ने कुरै होइन, गाउँपालिकाले पाएन, गाउँपालिकाले नपाउनु भनेको हामी स्थानीय जनताले नपाउनु हो । त्यसबाट आउने पैसा त गाउँपालिकाकै समेद्धिका लागि खर्च हुनुपर्ने करा हो नि त्यो । त्यसैले त्यो खालको कुरा होइन । हामीले व्यक्तिगत भागबण्डा खाजेको पनि होइन । त्यस्तो कार्यतिर हामी लाग्दा पनि लाग्दैनौं । त्यतातिर तपाईले शंकै नगर्ना हुन्छ । तपाईलाई कुनै किसिमको शंका छ भने तपाईले हरेक च्यानलबाट, जहाँबाट पनि बुझ्न सक्नुहुनेछ । कुनै पनि घटनामा काँग्रेसको आर्थिक चलखेल गरेको कुरा सुनकोसीमा थाहा पाउनु भयो भने त्यतिखेर औंल्याउन सक्नुहुनेछ ।

० विज्ञप्ति निकालिसकेपछि चाहिँ कुनै पनि प्रकारको कदमहरु चाल्नु भयो कि भएन ?

यसमा तपाईको के छ भने अहिले लकडाउनले गर्दा मास जम्मा गर्ने, भोलि केही गर्न सक्ने, अन्य बाटोमा जाने भन्दा पनि अहिले हामीले जनतलाई सचेतता गराउने हो, भएका अनियमितताहरुलाई स्पष्ट ढंगले जनताको माझमा लाने कुरो हो । यो कुरालाई हामीले लिएका गएका छौं । यो कुरालाई यतिकैमा हामी चुप लागेर बसेका छैनौं ।

० यहाँको चासो र आरोपको सन्दर्भमा गाउँपालिकाको जवाफ यतिवेला के आईरहेको छ ?

होइन, उहाँहरुले पनि हाम्रो विज्ञप्तिलाई खण्डन गर्दै एउटा विज्ञप्ति जारी गर्नुभएको छ , त्यहाँ उहाँहरुले के भन्नु भएको छ भने, हामीले सबै कुरा मिलाएका छौं कागजमा तिमीहरुले भनेर केही हुनेवाला छैन, त्यो हाम्रो निहित राजनितिक उद्देश्यको लागि गरेको हो भन्नुभएको छ उहाँहरुले । त्यो हाम्रो राजतितिक उद्देश्य होइन, हाम्रो शुद्ध सामाजिक उद्देश्य हो । राजनितिक उद्देश्य भएको भए त काँग्रेसले मात्र विरोध गरेको भए पनि त एउटा कुरा, त्यहिँ पनि प्रतिपक्षको हैसियतले काँग्रेसले विरोध गर्नु स्वभाविक नै देखिन्छ अनि अनियमितताको विरुद्धमा खवरदारी पनि गर्नु प¥यो, यो प्रतिपक्षको दायित्व पनि हो । तर यहाँ नेकपाले नै यसको विरोध गरेको छ, पुन ः ठेक्कामा जानु पर्छ भनेर विज्ञप्ति निकालिसकेको अवस्थामा अव यो कसरी जान्छ भनेर चाहिँ हेर्न नै बाँकी छ ।

० यहाँहरुको पार्टिको चौधौं महाधिवेशन नजिकिएको अवस्थामा यहाँको क्षेत्रमा, जिल्लामा के कस्तो अवस्थामा काँग्रेस अगाडि बढीरहेको छ ?

नेपाली काँगे्रसको सन्दर्भमा हामी अहिले चाहिँ अधिवेशनको मुखमै छौं भन्नुपर्छ । अहिले कोभिडको कारणले गर्दा अलिकति समयतालिकामा हेरफेर हुने क्रम भईराखेको छ । हामीले यो अधिवेशन चाहिँ फागुणमा गर्ने केन्द्रिय अधिवेशन अनि कात्र्तिकबाट शुरु हुने स्थानिय अधिवशेन भन्दै गर्दा फेरी मिति हेरफेर भएको छ, अहिले स्थानिय कमिटिको अधिवेशन पुषमा गर्ने भनिएको छ । त्यसको क्रियाशिल सदस्यता ल्याएर नविकरण गर्ने काम सकिसक्यौं र नयाँ फारामहरु पनि ल्याएर हामीले ५०% पुरानो भएको क्रियाशिल सदस्यताको ५०% सदस्या नयाँ थप गर्न पाउने त्यो काम पनि हामीले सकाएर , त्यो पनि पुगने भनेर हामीले माग गरिसकेर फेरी केन्द्रले चाहिँ एउटा निति बनाएको छ, कि जति क्रियाशिल सदस्य बनेको छ त्यतिनै फेरी थप्न पाउने त्यो बनेको पहिला ५०% पाइसक्यो अव फेरी ५०% थपेर वितरण गरिसकेका छौं । त्यो वितरण गरेको कुरा चाहिँ अहिले पालिकास्तरमा पनि लकडाउन भएकोले त्यो काम अहिले केही रोकेको छ र त्यसलाई करेक्सन गरेर त्यसलाई केन्द्रमा बुझाउन बाँकी छ । मुख्य कुरा अहिले यो कोभिडको कारणले गर्दा अलि गति लिन चाहिँ सकेको छैन ।

० तपाई चाहिँ कुन गुट बलियो बनाउन क्रियाशिल सदस्यता बाँड्दै हुनुहुन्छ अथवा बाँडिसक्नुभयो के छ ?

यहाँको प्रश्न एकदम स्वभाविक छ , नेपाली काँग्रेस भित्र चरम गुटबन्दीको कारणले गर्दा खेरी, माथि केन्द्र देखिको गुटबन्दी, तल गाउँ –गाउँ, टोल सम्म पुगेको कुरा चाहिँ हामीले पनि सुनेको छौं तर अरु जिल्लाको जस्तो सिन्धुली जिल्लाको हकमा चाहिँ त्यस्तो खालको छैन । किनभने यहाँ केन्द्रको गुटसँग सिन्धुली काँग्रेसले खासै सरोकार राखिदैन । यहाँको महाधिवेशन प्रतिनिधि जो जसले जितेपति महाधिवेशनमा पुगेपछि आ–आफ्नो लविङ होला तर जिल्ला भित्र हुँदा चाहिँ अरु जिल्लाको जस्तो गुटवन्दी अलि कम भएकाले हामीलाइ अलि सहजता छ किनभने ६४ जिल्लाले क्रियाशिल सदस्यता लगेको छ र बाँकी जिल्लाले एक लत पनि लगेको छैन । र लगेकाहरुले पनि वितरण गर्न सकेका छैनन् । तपाईको काभ्रे मै राम्रो सँग वितरण भएको छैन, रामेछापमा भएको छैन । कतिओटा जिल्लाहरुमा त भएकै छैन । सिन्धुलीको सन्दर्भमा त्यस्तो छैन । र म एउटा जिम्मेवारी पदाधिकारी भएको नाताले मैले चाहिँ के सोच बनाएको छु भने जिल्लास्तरको नेताहरुसँग के सल्लाह गरेको छु भने हामीले चाहिँ अहिले काँग्रेसको विधान अहिले फराकिलो भएकोले सबै विचारहरुलाई अताउने ठाउँ छ । महत्वाकांक्षालाई चाहिँ अलिकति कम गर्ने हो भने सबै साथीहरुलाई अताउने विधानले एउटा इन्साफ गरेको छ , त्यहि भएर सर्वसम्वत् अधिवेशन गरौं भन्ने अभियानमा पनि छु म । जिल्लास्तरको नेताहरुसँग छलफल गर्दा खेरी, हो यसरी जान सक्यो भने चाहिँ नमुना कै जिल्लाको रुपमा लैजान सकिन्छ भन्ने खालको चाहिँ हाम्रो सल्लाह हुँदै छ । त्यसकारण यस्को त्यसको गुटबन्दी,तँछाड मछाड, मैले क्रियाशिल सदस्यता पाइन भन्ने हाम्रो त्यस्तो चाहिँ छैन , म क्रियाशिल सदस्यता लिन्छु भन्नेहरुले क्राइतरिया,योग्यता पुगेका मान्छेहरुले क्रियाशिल सदस्यता पाउँछन् । त्यहिँ भएर क्रियाशिल सदस्यताको विषयमा कुनै पनि समस्या नै छैन सिन्धुलीको सन्दर्भमा ।

० यस प्रकारको गुटहरु छैन भनेर कुरा राखिराख्दा खेरी कोइराला परिवारको विरासत जोगाउने हिसावले संगठन बलियो बनाउने उपायहरु के कस्तो छ भनेर सोच्नुभएको छ ?

यहाँले एकदम गम्भीर प्रश्न उठाउनुभयो । नेपाली काँग्रेसको उद्गम स्थल, उद्गम थलो,विपिको पुख्र्यौली स्थान सिन्धुलीको दुम्जा भनेका सुनकोशी गाउँपालिका, अन्त ७७ ओटै जिल्ला मध्ये अन्त जति ठाउँमा जिते पनि त्यसको भन्दा यो गाउँपालिका जित्नु पर्ने काँग्रेसको अपराजित कुरा चाहिँ यो हुन्थ्यो । हामीले गत निर्वाचनमा थोरै मतले पराजित व्यहोरेकै हो । यो व्यहोरा कुरामा पनि हामीले यो गुटगट कुराले पराजित व्यहोरा कुरा भन्दा पनि हामीले विभिन्न तहमा बैठकहरु बस्यौं । हाम्रा केही प्राविधिक कमजोरीहरु छन्, हाम्रा केही साथीहरुलाई चाहिँ हामीले राम्ररी कन्भिन्स गराउन नसकेर अरुले कन्भिन्स गरेर तल्लो तहको भोटर्स लेवल नै परिवर्तनको पक्षमा देखियो, नेकपाले केही गर्छ कि भनेर आशा गरेको पनि हुन सक्छ । तर अहिले चाहिँ तिनीहरुलाई मतदान गर्ने जतनाहरु पनि हामीले चाहिँ गलत गरे छौं भनेर उहाँहरुले पनि महशुस गरिसक्नुभएको छ । यो ३ वर्षको कार्यकाल हेर्दा खेरी खालको महसुस चाहिँ आम जनताले गर्न थालेको छ । त्यहि भएर सुनकोसी गाउँपालिका नेपाली काँग्रेसले जित्नु पर्ने नै गाउँपालिका हो । र आगामी निर्वाचनमा हामी जित्छौं भन्ने कुरामा पनि हामी विश्वस्त छौं ।

० अव काँग्रेसले जित्ने आधारहरु के के तय गर्दै हुनुहुन्छ अथवा कस्तो तयार अवस्थामा हुनुहुन्छ ?

यो जितहारको कुरा गर्दा तयारी अवस्थामा भन्दा पनि अहिले हाम्रो अधिवेशनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने रहेछ । अधिवेशनलाई सर्वसम्मत् गराउन सक्नु भनेको पहिलो आधार चाहिँ त्यहि नै हुन्छ । यदि अधिवेशनमा निर्वाचन प्रक्रियामा गएको भने चाहिँ जित्ने साथीहरुले म आफैले जितेको भन्ने, हार्ने पक्ष पनि हुन्छ फलानोको कारण हा¥यो, फलानोको असहयोगको कारण हा¥यो भन्ने कुरा मनमा लिइराख्ने रहेछ । यसले गर्दा चाहिँ निर्वाचन प्रक्रियामा जाँदा खेरी त्यसको असर अरु विभिन्न निर्वाचन जस्तै स्थानीय निर्वाचन,आम निर्वाचनहरुमा पनि त्यसको असर देखिने रहेछ । त्यसले गर्दा हामीले शुरुवातमै सर्वसम्वत् नेतृत्व चयन गरेर अधिवेशनमा जान सक्यौं भने त्यहि एउटा आधार बन्छ । अर्को कुराहरु भनेको अहिले जुन गलत कुराहरु भइरहेको छ नि जस्तै नेकपाले गरेको मोनोपोलीको विषयहरुमा पनि हामीले कुराहरु उठाईरहेका छौं । अर्को जनताले आशा गरेको अनुसार नेकपाले काम गर्न नसकेको कुरा पनि अर्को आधार हो । जसले नेकपालाई मतदान गरे अहिले उनीहरुले नै पक्षाताप गरिरहेका छन् । यो कुरा पनि हाम्रो लागि अर्को आधार हुन्छ ।यस्ता आधारहरु थपिदै जाने हो । हामीले यस्ता आधारहरु बनाइरहेका छौं ।

० नेपाली काँग्रेसको हामीले हेर्दा खेरी, बुझ्दा खेरी, अध्ययन गर्दा के देखिन्छ भने अधिवेशनमा आफु जित्ने र चुनावमा काँग्रेस हराउने उद्देश्यले क्रियाशिल वितरण देखि नै चलखेल भएको हुन्छ, त्यस्तो नहुनको लागि क्रियाशील सदस्यता वितरणको आधार के बनाउनुभयो ?

अहिले हामीले अर्को ५०% क्रियाशिल सदस्यता पनि थप्न पाउने भएकाले अहिले यो चाहिँ समस्या छैन । नत्र तपाईले भनेको जस्तो सबैलाई दिन सक्ने अवस्था थिएन नत्र ५०% सदस्यताको मात्र फारामहरु हामीले पाईसके पछाडि त्यसमा चाहिँ कसले पाउने भन्ने कुरा गर्दै गर्दा हिजो हामीले स्थानीय निर्वाचनमा निर्वाचन लडेका साथीहरु जसले क्रियाशिल सदस्यता नहुँदा पनि चुनाव लड्नु भएको छ, उहाँहरुलाई पहिलो प्राथमिकता, उहाँहरुले जिते पनि हारे पनि उहाँहरुलाई पहिलो प्राथमिकता, अर्को अहिले नयाँ संरचना, संघिय संरचना अनुसार समायोजनमा पर्दा खेरी गाउँ कमिटिहरु फेरि पुर्नगठन भएको छ । त्यो पुर्नगठन गर्ने क्रममा समितिमै रहेका साथीहरु पनि क्रियाशिल सदस्यता पाउनु नभएको, त्यस्ता साथीहरुलाई अर्को प्राथमिकता, त्यसैले वडा कमिटिको पदाधिकारीहरु, सदस्यहरु, त्यसरी हामीले वर्गीकरण गरेका छौं । कसलाई पहिला प्राथमिकता भन्ने वित्तिकै त्यो प्राथमिकता पाउनेले स्वत पाइहाल्यो, नपाउनेले चाहिँ मैले चाहिँ पाएन, यो कुनै किसिमको झालझेलले गर्दा नपाएको होइन भन्ने उहाँहरुले बुझ्नु भएकै थियो । अब यो थप फारम आइसकेपछि चाहिँ माग गरेको अनुसार लगभग पुरा हुन्छ भन्ने अपेक्षा गरेका छौं । यदि त्यतिले पनि भएन भने हामीले यो विवाद नभएको जिल्लाहरुलाई अझै थप फारामहरु ल्याउन सकिने,जस्तो अहिले केन्द्र एउटा के नियम बनाएको छ भने गाउँपालिकाका वडाहरुमा कम्तीमा ४५ जना क्रियाशिल सदस्य हुनुपर्ने र नगरपालिकाका वडाहरुमा चाहिँ कम्तीमा ६८ जना क्रियाशिल सदस्यहरु हुनुपर्ने भन्ने खालको नियम ल्याएको हुनाले अहिले सबै वडामा ४५जना पुग्ने अवस्था छैन त्यसैले अव अझै थप फारामहरु मागेर ल्याएर वितरण गर्ने सम्भावना रहेको हुनाले त्यो खालको क्रियाशिल मलाई चाहिन्छ, मैले पाएन, फलानाले आफ्नो मान्छेलाई मात्र दियो भन्ने खालको ठाउँ चाहिँ सिन्धुलीको काँग्रेसमा राखेको छैन ।

० तपाई क्षेत्रीय सभापति भएको क्षेत्रीय समिटिको बैठक नियमित रुपमा भएको छ कि छैन र यो संगठनको बैठक नियमित रुपमा बस्नु हुन्न भनेर यहाँले भनिसक्नु भएको छ , यस्तो अवस्थामा अवका दिनमा नेपाली काँग्रेसले चुनाव जित्छ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छ ?

हामी ढुक्क छैनौ, प्रयत्न गर्नुपर्ने नै छ । यसमा चाहिँ अहिले सबैभन्दा महत्वपुर्ण कुरा के छ भने नेपाली काँग्रेस अलि पुरानो पार्टि पनि भएकोले यसमा लाग्ने नेताहरु पनि अलि पुरानै मान्छेहरुको अलि बढी सक्रियता, युवाहरुले अलि अवसर नपाएको हो कि भन्ने समग्र देश भरी नै यो कुरा उठेको छ । र अव आउने अधिवेशनमा चाहिँ हामीले युवाहरुलाई अगाडि बढाउने भन्ने र यसैको लागि हामीले सर्वसम्वत्को कुरा उठाएको कारण यहि हो । सर्वसम्वत् नहुँदा युवाहरुको भुमिका अलि नगन्य रुपमा मात्र हुने रहेछ । किनभने सवै सँग जनसम्पर्क, सबैसँग चिरपरिचित पुरानै मान्छे हुने रहेछ । निर्वाचनमा गयो भने त्यहि पुरानो मान्छेले मात्र जित्ने रहेछ । नयाँ मान्छेहरुले अवसर नपाउने वित्तिकै पुराना मान्छेहरुले यस्तै गरी त चलेको छ, यस्तै त हो नि भन्ने खालको कुरा पो गएको हो कि भन्ने भएको छ र अहिले चाहिँ युवा पुस्तालाई अगाडि बढायो भने चाहिँ संगठनलाई अलि बढी क्रियाशिल गर्न को लागि युवाहरुलाई नै परिचालन गर्नुपर्ने रहेछ भन्ने खालको निष्कर्ष भईसकेको छ । र अब वडा देखि प्रतिनिधित्व चाहिँ ७०% युवाहरुले गर्ने छ भन्ने हाम्रो अपेक्षा छ ।

० तपाईँ युवा सभापति भएपछि के के परिवर्तन गर्नुभयो र के के गर्दै हुनुहुन्छ ?

यस्तो म प्रतिनिधि सभाको क्षेत्रीय सभापति होइन म प्रदेश सभाको क्षेत्रीय सभापति हो म । क्षेत्रीय सभापति चाहिँ हाम्रो जगत बहादुर भुलन हुनुहुन्छ । उहाँ चाहिँ यो घ्यानलेक गाउँपालिकाको अध्यक्षमा चुनाव लड्नु भयो र चुनाव पनि जित्नु भयो । त्यही भएर उहाँले गाउँपालिका बढी समय दिनुपरेकोले पार्टीलाई अलिकति समय दिन नसक्नु भएको हो कि भन्ने कुरा भईरहेको र त्यहि क्रममा नयाँ संरचना अनुसारको समायोजनको कुरा आयो र त्यही अनुसार म सिन्धुली क्षेत्र नं २ ‘क’ को म क्षेत्रीय सभापति भएँ । यति भईसकेपछि हामी हरेका वडामा पुग्यौं , त्यो चाहिँ केन्द्रको एउटा पोलिसि पनि थियो । यसरी हामीले १५ दिनको कार्यक्रम बनाई सबै वडामा पुग्ने गरी सबै साथीभाईहरुलाई भेट्ने गरी यो स्थानीय चुनाव, आम निर्वाचन पछि काँग्रेस अलि पछाडि परेको हुनाले निराश भएका साथीहरुसँग हामीले नेकपा प्रति जतनाको अहिले सोच्ने दृष्टि के छ त भन्ने कुरामा अन्तक्रियात्मक कार्यक्रमहरु लिएर गएर जनताले नेताको कुरा मात्र सुन्ने होइन कि हाम्रो काँग्रेसमा एउटा कुरा के भयो भने कुनै एउटा कार्यक्रम ग¥यो भने नेताहरु आउने, बोल्ने आफ्नो कुरा राख्ने तर जनताको कुरा के छन्ने सरोकार नराख्ने, त्यहि भएर अब हामीले कार्यक्रममको मोडालिटि नै परिवर्तन गर्नुपर्ने भएको छ । अब नेताको मात्र कुरा सुन्ने होइन कि अब जनताको पनि कुरा सुन्नुपर्छ भनेर चाहिँ हामीले हरेक कार्यक्रम अन्तरक्रियात्मक ग¥यौं ।

० काँग्रेसप्रति जनताले आश गर्ने ठाउँ के छ ? नेपाली काँग्रेसलाई जिताउनै पर्ने कारण चाहिँ के छ त ?

कुरा यस्तो छ अहिले जनताले बुझको कुरा चाहिँ के देखियो भने काँग्रेस सच्चिनु पर्छ । नेपालमा नेपाली काँग्रेसको विकल्प छैन रहेछ । नेकपाले केही गर्छ कि भन्ने अपेक्ष गरेर नेकपालाई मतदान ग¥यो तर त्यो नेकपाले त झन् काँग्रेसले जति पनि नगर्ने रहेछ, नेकपाले त आफ्नो मात्र मोनोपोली गर्ने, नेपाली काँग्रेसको पालामा केही व्यक्तिहरुले लुकिछिपी,डराई डराई भ्रष्टाचार गरे होलान् तर अहिले नेकपाले त नितिगत रुपमा, देखादेखी खुलेआम, तपाई पत्रकार यदि तपाईले गएर किन यस्तो गर्नुभएको भन्यो भने, के गर्न सक्छ गर भनेर सिधैं धम्की, डकैतीको रुपमा भ्रष्टाचार गरेको परिस्थिति छ । तपाईलाई म एउटा उदाहरण दिन्छु, यो सुनकोशी गाउँपालिकामा जब स्थानीय निर्वाचन भयो त्यो भन्दा अगाडि करको विषयमा कुरा गर्दा प्रति रोपनी २ रुपियाँ मात्र लाग्थ्यो त्यसपछि नेकपा जितेर आयो र गाउँपालिकाको पहिलो मिटिनले प्रति रोपनी २० रुपियाँ कर लगाउने निर्णय ग¥यो ।त्यो भनेको कति प्रतिशत बढाया तपाई आफै सोच्नुस् । त्यसमा पनि नपुगेर तपाईको त्यो वर्ष सक्निनपाउँदै त्युनतम जग्गाको राजश्व रु.४०० रुपियाँ प्रति रोपनी तिर्नुपर्ने भनेर निर्णय ग¥यो । यो त अत्याचार नेै भयो भनेर नेपाली काँग्रेसले डेलिगेशन गयौं, हामीले ध्यानाकर्षण पत्र बुझायौं, त्यसपछि हामीले यो कुरा सुनुवाई गर्नुभएनौ भने हामी कठोर कदम चाल्न बाध्य हुन्छौं भनेर हामीले चेतावनी पनि दियौं । त्यसपछि पटक पटक भएको उहाँहरुको सँगको छलफलबाट के निष्कर्ष निकाले भने, तपाइृको जग्गाको कर कति तिर्ने, मुल्याङ्कन कति गर्ने तपाई आफैले स्व इच्छाले तिर्नुस भने खालको वातावरण बन्यो । अहिले पनि तपाई जग्गाको कर तिर्न जानु भयो भने जग्गाको मुल्याङ्कन कति हो भनेर उनीहरु आफैले सोध्छ, यस्तो खालको वातावरण हामीले बनायौं । भनेपछि नितिगत रुपमा जनतालाई मार पार्ने काम कम्यनिष्टहरुले गरे । जनताले सोचेका थिए त यो कम्यनिष्ट भनेको साम्यवादी धार हो, साम्यवादमा विश्वास गर्ने पार्टी, त्यहि भएर यिनीहरु आएपछि गरिव निमुखाहरुको पक्षमा चाहिँ वकालत गर्छ, गरिव निमुखाहरु पनि माथि आउने अवसर पाउलान् , त्यो हिसावले यिनीहरु त ठिक्क उल्टो गरे, भन्ने एउटा गर्ने अर्को । तर काँग्रेसले त जे बोल्छ त्यहि गर्छ , जे भएको हो त्यहि भन्छ भन्ने खालको कुरा विश्वास भईसकेकोले अहिले जनमानसमा के खालको सोचाई छ भन्दा काँग्रेसको विकल्प नेपालमा अरु छैन रहेछ तर काँग्रेसकै केही कमजोरीहरु रहेछन् ति कमजोरीहरु सुधारेर काँग्रेस चाहिँ सुध्रिनुपर्छ भन्ने खालको कुरा चाहिँ अहिले जनमानसमा आएको छ ।

० बोध विक्रमजि हामी सम्वादको अन्त अन्ततिर छौं । भन्नुपर्ने केहि कुराहरु छन् भने बताईदिनुस न ।

म समग्र यो रेडियो सुनिराख्ने सम्पुर्ण नेपाली काँग्रेस लगायत स्रोताहरुलाई के भन्न चाहनुहुन्छ भने अहिले सम्पुर्ण नेपाल लगायत सम्पुर्ण विश्व कोभिड–१९ को मारमा परिरहेको अवस्थामा सुरक्षित साथ सामाजिक दुरी कायम गरेर बसौं र विशेषगरी काँग्रेसको साथीहरुलाई चाहिँ यो क्रियाशिल सदस्यता मैले पाएन, त्यसल पाएन, यसले पाएन भन्ने खालको तपाईहरुको गुनासो अहिल सम्म पनि गुनासे सम्बोधन हुने ठाउँ छ , यस्तो खालको कहिँ कुरा आएको छ हामीलाई तपाईहरुले खवर गर्नुस, हामी यो समस्या समाधान गछौं र तपाईहरुले पनि क्रियाशिल सदस्यता भोलि अधिवेशनमा प्रतिनिधि बन्नको लागि भनेर नसोच्नुस, हामी निर्वाचनमा जाने खालको सोचाई नबनाऔं । सर्वसम्मत् रुपमा अधिवेशन गर्नुपर्छ र त्यो हुँदा खेरी हाम्रो आपसमा तिक्तता रहदैन र अरु आम निर्वाचनहरु र स्थानिय निर्वाचनहरुमा नेपाली काँग्रेसलाई जित्न पनि सजिलो हुन्छ र यो अभियानमा तपाईहरु सम्पुर्णको साथ सहयोगको मैले अपेक्षा गरेको छु , यो एक्लै हुने कुरा पनि होइन त्यसैले यो कुरामा तपाईहरुले पनि साथ दिनुहुनेछ भन्ने कुरामा विश्वस्त पनि छु । सुरक्षित रहनुस्, सकेसम्म घरमै बस्नुुस् भन्न चाहन्छु ।

Facebook Comments