रोशी सहकर्मी–कार्तिक २६,
नमोबुद्ध/

पर्यटकीय स्थल नमोबुद्धमा नमोबुद्ध जात्रा सुरु भएको छ । विभिन्न पूजा आजाका साथ हिजो बेलुकाबाट सुरु भएको जात्रा भोली विहान सम्म रहने स्थानीयले बताएका छन् ।
मेलामा दर्शनार्थीहरुले आफ्ना पुर्खाहरुको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन गरी हरेक वर्ष कातिक पुर्णिमाको दिन मनाउने गरिएको छ । जात्रा सुरु हुने अघिल्लो बेलुकादेखी नै दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौ दिप प्रज्जलित गरेका थिए । सोमबार बेलुका देखि सुरु भएको सो मेला बुधबार बिहानसम्म चल्ने छ ।
एक पटक पाइला टेकेमात्र जुगौ जुगको पाप अन्त्य भएर जाने र आफुले चिताएको मनोकांक्षा पुरा हुने थलोको रुपमा परिचित नमोवुद्धमा विशेष गरि नेवार जातका बौद्धधर्मालम्बीहरुले सोमबार रातभर आफ्ना पुर्खाहरुको सम्झनामा दिप प्रज्जलन गरि जाग्राम बसेका थिए भने मगलबार दिनभर र रातभर तामाङ जाताका धर्मालम्बीहरु वुद्धको पुजाआजा गरि जाग्राम वस्ने गरेका छन् ।
जिल्लाको तत्कालिन शारदा वतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व र वोधिसत्व शिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउ“मा जा“दा त्यहा“ प्रश्रव वेदनाले टपटाएकी वघिनी र ५ डमरुको मरणासन्न अवस्थादेखिपछि राजकुमार महासत्वको मनमा दयाको भाव पलाई दाजुहरुस“ग वघिनीलाई वचाउन सक्ने उपाय सोधेपछि उनले वघिनीलाई वचाउनको लागि आफ्नो शरिर दान गरेका थिए भन्ने धार्मिक कथन छ ।
आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरिर वघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडी लुम्विनीमा तीनै राजकुमार महासत्वले मायादेवीको काखबाट भगवान गौतम वुद्धको रुपमा जन्म लिएको र आफु जन्मेपछि वुद्धले नमोवुद्धमा आई त्यही अस्तु भएको ठाउ“मा पुजा आजाका साथै साङगे लगाएको धार्मिक विश्वास रह“दै आएको छ । पर्यटन क्षेत्रको लागि उर्वराक्षेत्रको रुपमा समेत रहेको नमोवुद्धमा कुतुङटासी छोडिरु गुम्वाको साथै हजारौ माने र कलात्मक वुद्धका मुर्ति रहेका छन ।
नमोवुद्धमा कातिक पुर्णिमा वाहेक चैत्र पुर्णिमा र साउन महिनाको प्रत्येक वुधवार समेत ठुलो मेला लाग्ने गरेको छ । मेला भर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभइ विदेशबाट बौद्धधर्मालम्बीहरु समेत आएको स्थानीयले बताएका छन् ।

Facebook Comments