रोशी सहकर्मी–भदौ २८,
२०७७,रामेछाप/

आईतबार रामेछाप स्थायी घर भै हाल काठमाडौं बस्ने थप तीन जनाामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार संक्रमित हुनेमा काठमाडौं बस्ने सुनापति गाउँपालिका वडा नं ३ की एक महिला , खाँडादेवी गाउँपालिकाका वडा नं ३ का एक पुरुष र दोरम्बा गाउँपालिका वडा नं ४ का एक पुरुष रहेका छन् ।

उनका अनुसार शनिबार ३० वर्षीया महिला र आइतबार ५३ वर्ष र २० वर्षका पुरुषमा संक्रम संक्रमण पुष्टि भएको थियो । हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबिच, रामेछापमा आइतबारसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये अहिले जिल्ला अस्पतालमा १० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना , मन्थली नगरपालिकाकाको आइसोलेशनमा ६ जनाको उपचार भैरहको र ३७ जना कोरोना मुक्त भैसकेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ७ जना महिला र ३० जना पुरुष गरि ३७ जना क्वारेन्टिनमा रहेका छन् । आइतबार उमाकुण्ड गाउँपालिकाका १९ जना क्वारेन्टीनबाट फिर्ता भएका छन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

Facebook Comments