रोशी सहकर्मी–कार्तिक २६,
कोशीपारि/

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले जिल्लाको विकट कोशिपारिसिथत चौरीदेउरालीको वडा नं. ५ भालचौरस्थित सुविधा सम्पन्न १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो अस्पताल भवन प्रदेश सरकारकै पहिलो पालिकास्तरको अस्पताल भवन हो ।
साविक धुसेनी शिवालय स्वास्थ्य चौकीलाई अपग्रेट गरी निर्माण हुन लागेको १५ शैयाको अस्पताल २१ रोपनी जग्गामा बन्न लागेको हो । अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाले सरकारले शुरु गरेको काम समयमा नै सम्पन्न गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले लगानी गरेर १५ शैयाको अस्पताल निर्माण हुने र सेवा सञ्चालन हुने पहिलो गाउँपालिका चौरीदेउराली हुने उहाँले बताउनुभयो ।
प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्र जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि प्रदेश सरकारको पहलमा अस्पताल बन्न लागेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले योजनाहरु ठूला हुने तर पैसा हाल्ने क्रममा कम हाल्ने भएकाले त्यस्तो योजना कहिले सम्पन्न हुने भनेर जनताले पनि तोकिएकै समयमा सम्पन्न हुनेमा शंका गर्ने गरेको कारण योजना अनुसारको बजेट पार्नका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
६ करोडमा सम्पन्न हुने भवन धुलिखेल निर्माण सेवाले ठेक्का पाएर काम अगाडी बढाईकेको गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो । अस्पतालको लागि डाक्टरहरुको समेत नियुक्ती भईसकेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments