महेन्द्र थिङ–असोज ३,
२०७७,काभ्रे/

-अस्पतालको परिकल्पना कहिले र कसले गरेको हो अहिले अस्पताल स्थापना गर्न कसरी सफल हुनुभयो यसको पृष्ठभूमि बताई दिनुस न ।

यो अस्पतालको परिकल्पनाको बारेमा भन्नु पर्दा जब म सकृय राजनीतिमा आईसके पछि गाउँ वस्तिमा घुमे, जुनकिसिमले साक्षताकार गर्ने मौका पाएँ, मेरो आफ्रनो गाउँ फलामेसाँघु क्षेत्रका आमा बुबाहरु सँग भेट हुँदा त्यहाँको आवश्यकताहरु संकलन र आंकलन गरे । संघियता अनुसार नयाँ संरचनाहरु बनेको छ । जुन रोशी गाउँपालिकाको वडा नं.१ देखि ५ नम्बर वडाहरु साविकको गा.वि.स.हरु खहरे पाँगू, शिखरआम्बोटे, महादेवटार र शिसाखानी गा.वि.स.हरु, बेथानचोकको वडा नं.६ महांकाल भुग्देउ गा.वि.स र नमोबुद्ध नगरपालिकाको वडा नं.८ र ९ भौगोलिक रुपमा विकट र सेवा सुविधाको हिसाबले पनि पिछडिएको पाएँ । मलाई एकिन तथ्यांक नभए पनि करिब २८ देखि ३० हजार जनतालाई लाभ लिने किसिमको एउटा अस्पतालको जरुरी छ भनेर २०६८ साल तिर मैले जनता माझ बोलेको थिए । अहिले चलिरहेको रोशी पुल र अस्पतालको अवधारण ल्याउने व्यक्ति मै हुँ । त्यो बचन पुरा गर्न त्यतिखेर राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । विभिन्न नेताहरु मार्फत स्वास्थ्य मन्त्रीकोमा पुगेर अस्पतालको लागि फाइल तयार गरि त्यति खेर देखि नै फलामेसाँभघुमा अस्पताल निर्माणको थालनी गरे । डिपिआर गरे र मन्त्रालयमा पेश गरे । पछि तत्कालिन लोकतान्त्रिक फोरमको तर्फबाट रामजनम चौधरी स्वास्थ्य मन्त्री हुँदा हाम्रो अस्पतालको फाइल निकै अगाडी बढी सकेको थियो । एउटा अस्पजुन त्यहाँको अव्यवस्थित वस्तीलाई व्यवस्थीत गर्ने र त्यहाँको सरकारी जग्गालाई व्यवस्थित गरेर त्यहाँ हस्पीटल होस, सूचना केन्द्र होस, प्रहरी चौकी होस र एउटा पार्क बनोस, त्यहाँ खानेपानी ढल धारा होस भन्ने परिकल्पनाले मैले त्यतिखेरै शुरु गरेको हो । २०७४ सालको स्थानीय निर्वाचन पछि स्थानीय तहहरुको गठन भयो । प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पतालको कार्यक्रम सरकारले ल्यायो । मैले त्यो बेला शुरु गरेको कार्यलाई पुरा गर्नको लागि सरकारको कार्यक्रमले समेटेको छ । मलाई खुसी भएको छ । गाउँपालिकाको १५ शैयाको अस्पताल फलामेसाँघुमा बनाउने कार्य प्रारम्भ भएको छ । मेरो २०६८ साल देखि परिकल्पना गरेको कुरा साकार भएको छ । यो साकार पर्न महत्वपूर्ण भूमिका निर्वा गर्ने गाउँपालिका अध्यक्ष डि.वि.लामालाई यसको श्रेय जानेछ ।

– गाउँपालिकाको अस्पताल भने पछि यो त गाउँपालिकाको केन्द्रमा हुनु पर्ने , छेउमा भयो गाउँपालिकाको सबै नागरिकहरुको पहुँचमा हुन सकेन भन्ने जन गुनासो पनि छ र गाउँपालिकाको सबै नागरिकलाई सहज स्वास्थ्य सेवा दिन अस्पतालले के गर्छ ?

तपाईले राख्नुभएको प्रश्न जायज नै हो तर हाम्रो रोशी गाउँपालिकाको भौगोलिक अवस्था अलि फरक छ । झट्ट हेर्दा नेपालको नक्सा जस्तो लामो आकारको रहेको छ यो पालिका, हिडेर हेर्ने हो भने एक दिनमा पनि नभ्याउने किसिमको भौगोलिक अवस्था, सिमांकन रहेको छ । यस्तो आवाज उठ्नु स्वभाविक नै हो । अहिले नेपाल सरकारले एउटा नम्स बनाइदिएको छ । जहा गाउँपालिकाको भवन त्यही नै अस्पताल बनाउने पर्ने खेलकुद केन्द्र बनाउनु पर्ने अन्य संरचनाहरु पनि केन्द्रमै पर्नु पर्ने वा सेन्टरमै परयो भने अन्य अन्य तिरका नागरिकलाई पायक पर्ने किसिमले बन्नुपर्ने हो तर हाम्रो रोशी गाउँपालिका लाम्चो प्रकृतिको रहेको हुनाले यता पटि वडा नम्बर १ बेथानचोक ६ सँग जोडिएको छ भने रोशीको १२ नम्बर वडा भने सिन्धुलीको सीमानामा जोडिएको छ । यसरी लामो प्रकृतिको रहेको छ । अर्को कुरा हाम्रो रोशी वडा नम्बर ७ कटुन्जे केन्द्र परेको छ । त्यहानेर राम्रा संरचना बनाउन नसक्ने जुन खालको जमिन या भनो भौगोलिक अवस्था छ । तेस्रो कुरा के रहेको छ भने एउटा केन्द्रले नीति बनाउदा खेरी त सबैलाई साझा सबैलाई एकै किसिमको होस त्यहा भोली कुनै खालको विकृति नफैलियोस्, कुनै खालको मनपरी हुन सक्छ । जसको पहुँच पुग्यो उसको ठाउँमा सुविधा जति त्यो ठाउँमा पुर्याउला, भन्ने किसिमले केन्द्रले बनाएको होला तर तर रोशी गाउँपालिकाको सवालमा रोशी १ देखि १२ सम्म वडा नम्बर ७ देखि तल १२ सम्म हाइवेले छुन्छ । र ५ नम्बर देखि माथितिर आएपछि अति विकट अहिले पनि यातायातको हिसाबले अति कठिन अन्य किसिमले पनि दुुर्गम भएको हुनाले यताको विचमा फलामे साँघुलाई एउटा केन्द्र किन बनाएको हो भने रोशी गाउँपालिकाको ५।६ ओटा वडालाई केन्द्र बन्ने यता पट्टि छिमेकी नमोबुद्ध नगरपालिकाको ८ र ९ नम्बर वडालाई पनि पायक हुने किसिमले बन्ने भएको हुँदा नेपाली जनताले अति सुविधा पाउने हिसाबले पनि अहिले हाम्रा तत्कालिन पालिका प्रमुख डि.वि. लामाले पनि जसरी पनि जनतालाई सेवा पुग्नुपर्छ सेवा हुनुपर्छ भन्ने हिसाबले उहाँले पनि एउटा आँट गर्नुभयो र यसको पहलमा हाम्रा वडा अध्यक्ष श्रीदास लामा र म आफैले, श्रीदासजी एउटा प्रस्ताव लानुभयो । हिजोका दिनमा ३ पटक सम्म प्रस्ताव लादा पनि त्यो पारित हुन नसक्दा आफूुसँग नजिकमा रहनुभएका वडा अध्यक्ष ज्यूहरु सँग फोनमा पनि मैले संवाद गरेँ । पालिका प्रमुख उप प्रमुख ज्यूहरुलाई पनि यी यस्ता कारणले पायक पर्छ अलग ठाउँमा वा अनुपयुक्त ठाउँमा बनाएर यसको औचित्य हुँदैन भन्ने खालको पहल पनि मैले नै गरेको हो । यसरी मैले गरेको पहललाई सान्दर्भिक ठान्नुभयो र अहिले चाहि हामीले ल्याउन सफल भयौँ र यो कारण कुनामा भन्न मिल्दैन । जहा आवश्यकता छ त्यहाँ हामीले ल्याएका छौँ । अर्को कुरा तपाईले अस्थायी हस्पिटलको कुरा पनि तपाईले उठाउनुभयो । हो, अहिले हामी संसार भरि कोभिड १९ ले ग्रस्त भएको बेलामा हरेक गाउँपालिकामा पालिकै पिच्छे अस्पताल सञ्चालनमा ल्याएर कोभिडका बिरामीहरुलाई पनि उपचार गराउने त्यो किसिमको एउटा खालको नीति बनाएको छ । त्यो कारण चाडो भन्दा चाडो अस्थायी ५ शैयाको अस्पताललाई सञ्चालनमा ल्याएर त्यहा एउटा सूचना केन्द्रको भवन छ । त्यहा हामीले हस्पिटल सञ्चालन गर्छौ पछि यता १० शैयाको हस्पिटलको कार्य सम्पन्न भएपछि त्यो अस्थायी हस्पिटललाई पनि स्थायी हस्पिटलमा परिणत गर्छौ । असोज २ गते जब पारित हुने भयो भने पछि बैठक राख्यौँ । सबै साथीहरुलाई जो राजनीतिज्ञ, कर्मचारी, बुद्धिजिवि, त्यो भेगका प्रतिष्ठित व्यक्तिहरुलाई पनि हामीले धन्यवाद कार्यक्रम पनि राख्यौँ । यो एउटा अवसर पनि हो भने चुनौति पनि थपिएको छ । आजै देखि मलाई कतिले भेटेर कतिले फोनमै पनि भन्नुभएको कि अव बस्ति व्यवस्थापन गर्नु पर्यो भनेर । हामीले पछिल्लो बैठकमा पनि एउटा डि.पि. आर. तयार गर्ने, वस्ती व्यवस्थापन गर्ने, हस्पिटल बनाउने त्यो मात्र नभईकन त्यहा वागवानी बनाएर नयाँ नयाँ बिऊ विजन कृषि पनि नमुना क्षेत्र बनाउने योजना रहेको छ । यसरी कृषिको माध्यमबाट पनि बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने जस्ता कार्यहरु गरेर पनि यसरी हामीले त्यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनामा लागेका छौँ ।

तपाईले भन्नु भए जस्तै अस्थाई अस्पताल त सुचना केन्द्रमा निर्माण गर्नु हुन्छ तर स्थायी अस्पताल निर्माण गर्नलाई त स्थाई अस्पताल बनाउनु पर्ने सार्वजनिक जग्गामा विगत २५ बर्ष देखि घर टहरो बनाएर बसेका ब्यक्तिहरुलाई कसरी व्यबस्थापन गर्नु हुन्छ? सजिलै जग्गा खाली त पक्कै नगर्ला?नगरे के गर्नु हुन्छ? योजना के छ ?

यो मेरो लागि अवसर पनि हो चुनौती पनि हो । मैंले त्यहाँको ईतिहास बुझ्दा हेर्दा ४० औं बर्ष देखि अस्थाई घर टहरो बनाएर बसोबास गर्दै आएको बुझेको छु । मेरो अग्रज, बुद्धिजीवि, नेताहरुले पटक पटक सार्वजनिक जग्गा खाली गराउन प्रयास गर्दा पनि नसके कै हो । तर अहिले समय परिवर्तन संगै वातावरण सहज हुँदै गएको छ । त्यहाँ म लगायत मेरो समितिका पदाधिकारी, सदस्यहरुले सम्झाएको छ । यतीबेला को के पार्टी भन्दा पनि हस्पिटल पार्टी हुनु पर्छ भनेको छु । भेग , वस्ती मिलाएर समिति बनेको हुनाले विकासको निमित्त सबै मिलेर अगाडी बढ्नु पर्छ । यो विकासको लागि थालेको अभियानको खुड्किलो भएको हुनाले तत्काललाई केही बिनास पनि हुन्छ तर तपाईहरुले उपभोग गरिरहेको जग्गा छोड्नु पर्दा केही अप्ठ्यारो, उठीबास लगायो जस्तो होला तर यो अस्पताल बनी सके पछि दिगो विकाससंगै परिवर्तनले कोल्टे फेरिने छ । यो बस्ती व्यबस्थापन गर्ने पक्षमा हामी छौं र गछौं पनि जसले गर्दा वडा अनि गाउँपालिकालाई बस्तीको व्यबस्थापन संगै आर्थिक संकलनको स्रोत पनि हुने किसिमले अगाडी बढ्ने छौं । म संग यतीबेला धेरै जना सम्पर्कमा आई राख्नु भएको छ वहाँहरुलाई सम्झाउने काम भई रहेको छ । वहाँहरु सकारात्मक नै हुनु हुन्छ । लाग्छ , वहाँहरु सबैले विकासको लागि सहयोग गर्नु हुनेछ ।

– तत्कालको लागि यो अस्पतालको क्षमता र यसले दिन सकिने स्वास्थ्य सेवाहरुको बारेमा बताई दिनुस न ।

अहिले भएको खहरेपाँगु स्वास्थ्य चौकिबाट स्तरोन्नती गरेर अस्पताल भन्ने बितिकै सेवामा त्यती धेरै बृद्धि भई हाल्ने त होईन । तर त्यहाँ एक जना डाक्टर र स्टाफ नर्स लगायतका दक्ष जनशक्ति हुनेछन् । साथै प्राथमिक देखि सामान्य उपचार त हुने नै भै हाल्यो । नेपाल सरकारको नीति नियम अनुसारको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । साथै तत्काल नै बन्ने १० शैयाको अस्पतालबाट भने अझै धेरै सेवा सुविधा उपलब्ध हुनेछ । मेरो लक्ष्य भनेको १० बर्ष भित्रमा ५० शैयाको अस्पताल बनाएर अत्याधुनिक सेवा सुविधा दिने रहेको छ । ताकी रोशि र आसपासका नागरिक स्वास्थ्य सुविधा लिन सदरमुकाम लगायत राजधानीसम्म जानु पर्ने छैन ।

– अस्पताललाई समुदायको हितमा केन्द्रित गर्न, समुदायको सहभागिता र अपनत्व विकास गर्न के कस्ता प्रयास भईरहेको छ ।

अस्पतालमा समुदायको अपनत्व स्थापीत गर्नको लागि समुदाय र हामीले समुदायको जनताहरु समेटेर अस्पताल व्यवस्थापन समिति गठन गरेका छौँ । ४० औँ वर्ष देखि सार्वजनिक जग्गामा भएको वस्तीलाई व्यवस्थापन गर्नेै प्रयास गरेका छौँ । जुन चाँही निकै चुनौति पूर्ण थियो । समुदायको प्रत्येक नागरिकले यो अस्पताल मेरो हो भन्ने भावना विकास गर्नको लागि समुदायको भावना अनुसार काम गरिरहेका छौँ । काम शुरु भए पछि र सञ्चालन आए पछि , अस्पतालबाट सेवा शुरु गरे पछि त्यहाँको जनताले लाभ पाए पछि भिन्नै हुनेछ ।

– अस्पतालको तात्कालिन र दीर्घकालीन योजनाहरु के के छ ?

तत्कालको लागि वस्ती व्यवस्थापन गरेर शुरुमा २५ रोपनी जग्गा नेपाल सरकारको नाममा अस्पताललाई कित्ता काट गरेर हस्तान्तरण गरेका छौँ जुन चाँही मन्त्रीपरिषदबाट पारित हुन मात्र बाँकी छ । अस्पताल निर्माणको लागि जुन टेन्डर हुन्छ र निर्माण कार्य हुन्छ , सबै समुदायले श्रमदान गरेर, नगद दान गरेर सहयोग हुन्छ र पारदर्शी र व्यवस्थीत भवन निर्माणको लागि समुदायको निगरानी रहनेछ । सहयोग रहनेछ । म आफू त्येता तर्फ केन्द्रीत हुन्छु । र दीर्घकालिन रुपमा चाँही यो अस्पताल त्यस भेगको नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने सुविधान सम्पन्न अस्पताल बनाउनको लागि आवश्यक दीर्घकालिन रणनीतिहरु बनाएर अगाडी बढ्नेछौँ ।

– अस्पताल व्यवस्थापन समिति अध्यक्षको हैसियतले रोशीबासीलाई र आम नागरिकलाई के भन्न चहानु हुन्छ ?

म आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्षको हैसियतले तपाईको यस लोकप्रीय मिडिया मार्फत के भन्न चहान्छु भने । यो पत्रिका पढ्ने सम्पूर्ण पाठक, लब्ध प्रतिष्ठित व्यक्तिहरु, अस्पताल बनाउन सहयोग र प्रयत्न गर्ने सम्पूर्ण व्यक्तिहरु,त्यहाँका शिक्षकहरु, संस्थाहरु, मिडियाका साथीहरु सम्पूर्णलाई अस्पतालको यो अवस्थामा आउन सकेकोमा बधाई र मुरी मुरी धन्यवाद दिन चहान्छु । किन भने यो अवस्था सम्म आईपुग्न ठूलो संघर्षका बाबजुत यस खालको फड्को मार्न सफल भएको छ । अहिले त भर्खर शुरु जग मात्र राख्न सफल भएको छ । अस्पतालले सेवा प्रवाहको अन्तिम सम्म सबैले साथ सहयोग र माया प्रदान गरुन, यो चाँही सबैको सम्पत्ती हो गहना हो भन्ने ठानेर सबैको अपनत्वको भावना जागृत रहोस भन्दै म अस्पताल व्यवस्थापन समिति अध्यक्षको तर्फबाट सबैलाई नमन गर्न चहान्छु । धन्यवाद ।

Facebook Comments Box