रोशी सहकर्मी–असोज ३,
२०७७,काभ्रे/

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानीत भएका छन् ।

काभ्रे लगायत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनिय योगदान बापत सविधान दिवस २०७७ को उपलक्ष्यमा प्रबल जनसेवा श्री चतुर्थ (बरिष्ट स्वास्थ्य प्रशासन रा.प दितिय श्रेणी) बाट डा. झा उक्त पदकबाट सम्मानित भएका हुन् ।
कोरोना नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव समेत रहेका डा. झा ले स्वास्थ्य क्षेत्र तथा कोभिडको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै उक्त पदक दिइएको हो ।

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेलाई समेत समेटेको छ ।

Facebook Comments Box