रोशी सहकर्मी–असोज ३,
२०७७,काभ्रे/

जिल्लामा आज साँझ सम्म १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमितहरु बनेपाका ५ जना महिला र १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका १ महिला र १ पुरुष, पनौती नगरपालिकामा १ महिला र भुम्लु गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काभ्रेमा हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । काभ्रेमा कोभिडको सत्रिय संक्रमित १ सय ५५ रहेका छन् । जसमध्ये ९७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ५८ जना होम आइसोलेसनमा रहेका छन् ।

Facebook Comments