अशोक बुद्ध लामा- कार्तिक २६,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको सातौँ दिन आज (मंगलबार) वडा नम्बर ६ मा ३० जनाले लिएका छन् । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा शुरु गरेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज ६ नं वडाको सुँघुरे डाँडामा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल ३० जना मध्ये क वर्गका ९ जना, ख वर्गका १२ जना, ग वर्गका ५ जना र घ वर्गका ४ जनामा परिचय पत्र बितरण गरेका हुन् । त्यस्तै भोलि २७ गते वडा नं ५ ढोकार्पामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् । गाँउपालीकाले गाँउपालीका भरिका १२ वटा वडामा नै अपाङ्गता परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments