रोशी सहकर्मी–असोज ३,
२०७७,रामेछाप/

रामेछाप स्थायी घर भै हाल काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने थप सात जनाामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं बस्ने तीन जना महिला र चारजना पुरुष गरि सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १० की २० वर्षीया , खाँडादेवी गाउँपालिका वडा नं ३ की २२ र २६ वर्षीया महिला छन् । त्यसैगरि मन्थली नगरपालिकाका वडा नं ८ का ३३ वर्षीय, मन्थली नगरपालिका वडा नं १४ घर भएका ३६ वर्षीय , खाँडादेवी गाउँपालिका वडा नं ३ घर भएका ३४ वर्षीय र रामेछाप नगरपालिका वडा नं ३ का ३५ वर्षीय परुषमा कोरोना संmमण भएको हो । योसंगै हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाबाटै स्वाब संकलन गरि पठाइएका कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भै डिस्चार्ज भैसकेका छन् ।

यसैबिच, स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना संक्रमितको उपचार भैरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट स्वाब पठाइएका २७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ ।

Facebook Comments Box