रोशी सहकर्मी–असोज १,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका खोपासीका किसान यतिखेर धान भित्र्याउने चटारोमा छन । सिँचाई सुविधा पुगेका खोपासीका फाँटमा धमाधम धान भित्र्याउने चटारो सुरु भएको छ ।

पनौती नगरपालिका वडा न १० का उत्तम जोशीले धान काट्न किसान व्यक्त भएको बताउनुभयो । कोरोना कहर चल्दै गर्दा खोपासीका फाँटमा धान भित्र्याउन किसान व्यस्त छन । धान काट्दै गर्दा खेतमा भेटिनुभएका जोशीले धान राम्रो फलेको भएपनि भाउ भने घट्ेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो बर्ष खेतबाटै केजीको ४८ रुपियाँमा बेचेको भएपनि यस बर्ष भने ३५ रुपियाँ मै बिक्री गर्न बाध्य भएको बताउनुभयो ।

जिल्ला कै उब्जनी युक्त खोपासीको फाँटमा किसानले तीन बाली लगाउने गरेका छन । खोपासीस्थित जलविद्युतमा ल्याइएको क्यानलको पानीले बाह्रै महिना सिँचाईको सुविधा उपलब्ध रहेको छ । सिँचाईका कारण यस भेगका किसानले धान, आलु र पुनः आलु लगाउँदै आएका छन ।

कृषि ज्ञान केन्द्र काभ्रेका बाली विकास अधिकृत एवम् सुचना अधिकारी थर्कबहादुर जिसीले यस बर्ष समय मै रोपाईँ र मौसम अनुकुल भएकाले धान उत्पादन बढ्नुपर्ने भएपनि मल अभाव, पोटा लाग्ने समयमा निरन्तर पानी परेर चिसो भयो भने हाईब्रिड जातको धानमा भने उत्पादन घट्न सक्ने अनुमान गरेको बताउनुभयो । जिल्लामा ६१ हजार ५९८ हेक्टर कृषि योग्य भूमि रहेकामा ११ हजार ३३० हेक्टरमा भने धान खेती हुदै आएको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

Facebook Comments