रोशी सहकर्मी–असोज ४,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज थप पाँचमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमितहरु बनेपा नगरपालिकाका ३ जना पुरुष र धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ५८ पुगेको छ । संक्रमितमध्ये ३ सय ४ जना उपचारपछि निको भइ घर फर्किएका छन् । जिल्लामा अहिले १ सय ५० जना सक्रिय कोरोना संक्रमति रहेका छन् भने अस्पताल आईसोलेसनमा ८७ र होम आईसोलेसनमा ६३ जना रहेको कार्यालयको जानकारी छ । जिल्लामा अहिलेसम्म ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Facebook Comments Box