रोशी सहकर्मी,
कार्तिक २७/

आज बिहान भक्तपुरको सुर्य्विनायक नगरपालिका–९ बाँसघारी नजिकै टिपर र मोटर साईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक घाइते भएका छन् । घाइते हुनेमा काभ्रे घर भई भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेका छन् । प्रहरीका अनुसार उनि अहिले सल्लाघारी स्थित डा. इवामुरा अस्पतालमा उपचार गराईरहेका छन् । बिहान साढे ७ बजे प्रदेश ३–०१–००३ क ४९३५ नम्बरको टिपर र बा८७प ३४७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments