रोशी सहकर्मी–असोज ४,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले पालिका भित्र रहेका ७२ ओटै विद्यालयलाई माक्स र सेनिटाइजर वितरण गर्ने काम सुरु गरेको छ । असोज २ गते गाउापालिकाको वडा नं ७, ८ र ९ लाई वितरण गरेसँगै आज वडा नं १०, ११ र १२ लाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी भोली ५ गते वडा नं १, २ र ३ लाई र ६ गते वडा नं ४, ५ र ६ लार्ई सामग्री वितरण गर्ने कार्यक्रम रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख राम लामाले जानकारी दिए ।

गाउँपालिकाले प्राथमिक विद्यालयलाई मास्क १०० पिस र सेनिटाइजर १ लिटर वितरण गर्नेछ भने आधारभूत विद्यालयलाई माक्स ३०० पिस र सेनटाइजर २ लिटर यसैगरी माध्यमिक विद्यालयलाई माक्स ५०० पिस र सेनिटाइजर ४ लिटर वितरण गरिने लामाले जानकारी दिए । साथै पालिका भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई जम्मा २२ हजार ५ सय २४ पिस सेनेटरी प्याड वितरण गरिने पनि उनले जानकारी दिए ।

Facebook Comments