रोशी सहकर्मी–असोज ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज (सोमबार) साँझ सम्म थप ११ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार थपिनेमा बनेपा नगरपालिकाका १ पुरुष, धुलिखेल नगरपालिकाका १ पुरुष र ३ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष, भुम्लु गाउँपालिकाका ३ पुरुष र पाँचखाल नगरपालिकामा २ पुरुष छन् ।

यो सँगै हालसम्म जिल्लामा ४ सय ६९ जना कोरोना संक्रमितको संख्या पुगेको छ । उनका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५३ रहेको छ ।

त्यस्तै आज (सोमवार) सम्म ३ सय १२ जनाले कोरोना जितेर घर फर्किएको डा. नरेन्द्र झाले जानकारी दिए ।

Facebook Comments