रोशी सहकर्मी–असोज ६,
२०७७,काभ्रे/

काभ्रेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षिय महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको डा. नरेन्द्र झाले जानकारी दिए। आमाशयको क्यान्सर रोगी महिलाको धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा किमोबाट उपचार भैरहेको थियो ।

यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

Facebook Comments Box