रोशी सहकर्मी,
कार्तिक २७/

काठमाडौंको हलचोकको एक घरमा कौडा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा जुवा खालबाटै उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखालका बालकुमार पन्त, नुवाकोटमा दिनेश लामा, सीतापाइलाका सचित दुलाल, वुद्धिबहादुर तामाङ, सुशन्त लामा, राजकुमार तामाङ, हलचोकका महेश गोतामे, सुक्रबहादुर पुतुवार र राजु बस्नेत पनि पक्राउ परेकोे महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् ।

Facebook Comments Box