रोशी सहकर्मी,
कार्तिक २७/

सामूहिक बलात्कार प्रकरणका अभियोगी काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई १४ महिना कैद सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाण्डाका न्यायनधीश कमल प्रसाद पोखरेलको ईजलासले उक्त फैसला गरेको हो । डेढ वर्षअघि काठमाडौंको दरबारमार्ग्स्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई भने ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । साथै पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए । पीडित भनिएकी युवतीको आफु प्रेमी भएको बताएका थिए ।
तर, उनकै सहयोगमा दीपक र विकासले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो । प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो । सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको थियो । पिडित भनिएकि महिलाले आफ्नो बयान फेरेकि थिईन् । सामुहिक बलात्कारको उजुरी दिएकी युवतीलाई साथैमा राखेर दुबै परिवारबीच शैलेश र युवतीको विवाह गरिदिने भन्दै प्रहरी चौकिमा नै प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र डीएसपी तिलक भारतीको संलग्नतामा सहमति गराईएको थियो ।

Facebook Comments