रोशी सहकर्मी–असोज १०,
२०७७,काभ्रे/

पंचबुद्ध युवा क्लबका अध्यक्ष एवं युवा सामाजसेवी अजय बुद्ध लामाले आफ्नो जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

लामाले आफ्नो जन्म दिनको अवसरमा रोशी गाउँपालिका वडा नं ११ कालढुंगामा रहेको शान्ति बुद्ध आधारभुत विद्यालयलाई स्टेसनरी सामान तथा ल्यापट प्रदान गरेका हुन् ।

लामाले आफु रोशी गाउँपालिका अध्यक्ष डि.वी. लामाबाट अभिप्रेरित भएर जन्मदिनको दिन विद्यालयमा अवश्यक भएको शैक्षिक सामाग्री प्रदान गरेर मनाएको बताएका छन् । साथै आगामी दिनमा सामाजिक कार्यमा लागि परिरहने पनि उनले बताए ।

Facebook Comments