अशोक बुद्ध लामा- कार्तिक २७,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रममा आज (बुधवार) वडा नम्बर ५ मा १२ जनाले लिएका छन् । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा शुरु गरेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज ५ नं वडाको ढोकर्पामा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल १२ जना मध्ये क वर्गका १ जना, ख वर्गका ३ जना, ग वर्गका ५ जना र घ वर्गका ३ जनामा परिचय पत्र बितरण गरेका हुन् ।
वितरण कार्यक्रम पस्चात आफ्ना भनाई राख्दै कार्यक्रम संयोजक बर्ताैलाले अपंगता भएको व्यक्तिको असहजतालाई मध्यनजर गर्दै गाउँमै शिविर संचालन गरि वितरण गरिएइको बताइएन् । वडा अध्यक्ष तिर्थ बहादुर लामाले अपाङ्गता भएका व्यक्तिहरुलाई नियमित वडाको सम्पर्कमा बस्न अनुरोध गर्दै वडाले आवश्यक सहयोग गर्ने बताए ।
भोलि २८ गते वडा नं ४ कोे वडा कार्यलयमा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् । गाँउपालीकाले गाँउपालीका भरिका १२ वटा वडामा नै अपाङ्गता परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments