रोशी सहकर्मी–कार्तिक २७,
पनौती/

खानेपानी मन्त्री विना मगरले पनौतीमा सञ्चालनमा आएको मिनरल वाटर उत्पादनमा रहेको सानो आयोजनाबाट पनि ब्यवसायिकरण गर्न सक्छौं भन्ने आत्मविस्वास बढाएको बताउनुभयो । काभ्रेको पनौती नगरपालिका वडा नं. ७ नयाँ बस्तिमा रहेको नेपाल खानेपानी संस्थानद्धारा सञ्चालित मिनरल वाटर आयोजनाको अनुगमनका क्रममा त्यहाँको उत्पादन राम्रो र बजारमा अन्य पानी सरह प्रतिस्पर्धा गर्न सकेको उल्लेख गर्दै उहाँले त्यसको लागि अझ विस्तार र विकास गर्न लागिपरेको बताउनुभयो । पनौतीमा रहेको सो आयोजना स्वच्छ पानी प्राकृतिक मिनरल वाटर भएका कारण त्यसलाई राष्ट्रिय र अन्र्तारिष्ट्रय स्तरमा पनि वितरण गर्न सक्छौं भन्ने कुरालाई प्रयोगात्मक रुपमा हेर्नको लागि पनि महत्वका साथ लिएको मन्त्री मगरले बताउनुभयो । सो क्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कार्यालयका प्रमुख पुष्पाञ्जली बस्नेतलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । २०७४ सालमा स्थापना गरी उत्पादन शुरु गरेको आयोजनाले पनौतीमा रहेको सो आयोजनाबाट उत्पादन गरेका जारको पानी सिहंदरवारभित्रका विभिन्न मन्त्रालयहरुमा वितरण गर्दै आईरहेको छ । सो आयोजनाले एन.डब्लु.एस.सी ब्राण्डको जारमा खानेपानी उत्पादन र विरतण गर्दै आईरहेको छ ।

Facebook Comments