रोशी सहकर्मी–असोज १६,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा पछिल्लो समय कांग्रस प्रवेश गर्नेको घुईचो लागेको छ । नेकपा प्रति असन्तुष्ट जनाउदै काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ महाभारत गाउँपालिका वडा नम्बर ५ बाट चर्चित तामाङ सेलो गायक रमित लामा लगायत नेकपाका युवाहरू नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई नेपाली कांग्रेस काभ्रेको प्रतिनिधि सभाको सभापति तथा पूर्व सांसद तिर्थ लामाले कांग्रेसमा प्रवेश गरेका उनीहरुलाई स्वागत गरेका हुन् ।

सभापति तिर्थ लामाका निवासमा भएको उक्त कार्यक्रममा नव प्रवेशिसाथीहरू लाई लामाले खादा र टीका लगाइ स्वागत गरेका थिए । कांग्रेसमा प्रवेश गर्नेमा महाभारत गाउपालिका युवामा सरोज कुमार राना, .नयना कुमार राना, रमिला लामा, माइल लामा बोम्जन, लालबहादुर मोक्तान र कुमार भोम्जान रहेका । त्यस्तै, राजु तामाङ, बिनोद लामा, शुनिल लामा र अनप वम्जन छन् ।

कार्यक्रममा बोल्दै सभापति तिर्थ लामाले नव प्रवेशीहरुलाई स्वागत गर्दै धन्यवाद दिए । ‘सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भ्रष्टाचारमा लिप्त भएको कारण जनता निराश छन्’ भन्दै लामाले ‘अब नेपाली कांग्रेसले यस्ता व्यथिति र विशंगती विरुद्ध आवाज उठाउँदै नेपाली कांग्रेस प्रती जनताले गरेको आशा पुरा गर्ने छौँ’ भने । नेकपाको काममाजनता पूर्ण निराश भएको बताउँदै उनले अबको बिकल्प नेपाल कांग्रेस बाहेक अरू कुनै पार्टी हुन नसक्ने प्रस्ट पारे । साँथै नव प्रवेशीका साथीहरूलाई अब ढुक्क भएर बस्न आग्रह गर्दै सिंगो काभ्रे नेपाली कंग्रेस सधै जनताको सेवामा समर्पित रहने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ को सभापति राम योन्जन लगायत कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments