योजना आयोगको टोली अनुगमन गर्यो

रोशी सहकर्मी–असोज १७,
२०७७,काभ्रे/

बागमती प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको लाकुरीभज्ञ्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक निर्माणले तीव्रता पाएको छ । उक्त सडक ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा गएर बीपी राजमार्गमा जोडिने छ । उक्त सडक खण्ड ग्वार्काे–लाकुरीभज्ञ्याङ–¥याले, ¥याले–कुशादेवी–पनौती–दाहालटार र दाहालटार–नमोबुद्ध–चौकीडाँडा गरी तीन खण्डमा काम भइरहेको छ ।

ग्वार्काे देखी दाहालटारसम्म स्तरोन्नति र दाहालटार देखी चौकीडाँडासम्म टयाक खोल्ने गरी टेन्डर आह्वान भएको थियो । जसमा ग्वार्काे देखी लाकुरीभज्ञ्याङसम्म स्तरोन्नति भइसकेको छ भने बाँकी रहेको क्षेत्रमा काम भइरहेको बागमती प्रदेश सभाका सदस्य चन्द्र लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वधार विकास मन्त्रालयबाट करिब ६१ करोड विनियोजन भएको थियो ।

उक्त रकम मध्ये ¥याले देखी दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ । उक्त खण्डका लागि ५३ करोड छुटिएको थियो । त्यस्तै दाहालटार–नमोबुद्ध–चौकीडाँडा सडक खण्ड अन्र्तगत नमोबुद्ध नगरपालिकाको वडा न ९, १० र ११ को सिमानामा पर्ने बसेरीमा कडा चटन आएपछि ट्रयाक जोडिएको थिएन । उक्त क्षेत्रमा चटान फुटाएर ट्याक जोडेसँगै त्यस क्षेत्रबाट पनौती आउन सहज भएको छ । उक्त सडकको ट्याक खन्नका लागि प्रदेश सरकारबाट आठ करोड रुपियाँ छुटिएको थियो ।

उक्त सडक सञ्चालनमा आएसँगै नमोबुद्ध नगरपालिकाका वडा न ९, १० र ११ का बासिन्दा, रोशी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाका बासिन्दालाई सहज भएको छ ।

यसैक्रममा उक्त निर्माणधिन सडकको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, प्रदेश नीति तथा योजना आयोग कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेत, संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपाने लगायतको टोलीले निर्माणधिन सडकको अनुमगन गरेको छ । आज निर्माण भइरहेको सडकको अनुगमन गर्दै टोलीले समय मै काम सकिने बताएका छन । उक्त सडक २०७६ भदौमा सम्झौता भएर काम भइरहेको छ । यही फागुनमा सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

Facebook Comments