२२ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेका छन् । नेपाली कांग्रेसको यूवा नेता तथा सांसद गगन थापाले संसदमा बोल्दै महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस सरकारको राम्रो कामलाई साथ दिन जनता तयार थियो भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ । ’

प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्यो ?’

भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको उनले बताए ।

Facebook Comments