रोशी सहकर्मी–असोज १८,
२०७७,काभ्रे/

काभ्रेमा आज एकै दिन २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेका अनुसार मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका वडा नं १३ का ४६ बर्षिय एक पुरुष र काठमाण्डौ महानगरपालिका ९ का ७६ बर्षिय एक पुरुष छन् ।

दुवैजनाको धुलिखेल अस्पतालमा मृत्यु भएको बताईएको छ । मृतक दुबैको नेपाली सेनाको टोलीले पशुपतिमा रहेको बिधुत शब दाहा गृहमा लैजाने तयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । ती मध्ये ५ जना अन्य जिल्लाका हुन् ।

Facebook Comments